गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३६
Dho

नेकपा एमालेका अध्यक्ष ओलीलाई एक सय १ किलोको मालाले स्वागत

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २९, २०८०
नेकपा एमालेका अध्यक्ष ओलीलाई एक सय १ किलोको मालाले स्वागत

रौतहट माघ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रौतहटवासीले भब्य स्वागत गरेका छन ।

नेकपा एमाले रौतहटकोको १०औं जिल्ला अधिवेशन उदघाटनका लागि आज आउनु भएका अध्यक्ष ओलीलाई जनताले भब्य स्वागत गरेका हुन । अध्यक्ष ओली जिल्ला अधिवेशनमा सहभागी हुन आज रौतहट आउनु भएको हो ।

एमालेको १० औ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ । गरुडामा अध्यक्ष ओलीलाई एक सय १ किलोको मालाले स्वागत गरिएको हो । उहाँलाई गरुडा नगरपालिकाका मेयर कन्तमणी जयसवाललगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । यसैबीच अध्यक्ष ओलीले अधिवेशनको उदघाटन गरी बिधिवत रुपमा सुरु गर्नुभएको छ ।

कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, सचिव एवं कोशी प्रदेश इञ्चार्ज रघुुबीर महासेठ, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु लगाएतका नेताहरुको सहभागिता रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया