गाैमुल खबर डटकम बिहीबार १३, कार्तिक २०८३ ०७:४२

घट्मुनामा वडा अध्यक्ष कप सुरु, २५ टोलीबीच प्रतिस्पर्धा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक १३, २०८३
घट्मुनामा वडा अध्यक्ष कप सुरु, २५ टोलीबीच प्रतिस्पर्धा

बाजुरा ः गौमुल गाउँपालिका-६, घट्मुनामा ‘वडा अध्यक्ष कप-२०८३’ महिला तथा पुरुष वडास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । विजया दशमी तथा शुभदीपावलीको अवसरमा वडा नम्बर ६ को कार्यालयले आयोजना गरेको प्रतियोगिताको बिहीबार भव्य उद्घाटन गरिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ६ गरी कुल २५ टोली सहभागी भएका छन् । खेल संयोजक वीरबहादुर रोकायाका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुदको विकास र खेलाडीबीच आपसी सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो चरणको खेलमा संगम युवा क्लबले माउन्टेन भिजनलाई पराजित गर्दै जित हात पारेको छ ।

प्रतियोगिताका बाँकी खेल शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीलाई निर्धारित समयमै खेलमैदानमा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया