गाैमुल खबर डटकम शुक्रबार ०७, कार्तिक २०८३ ११:५७

गौमुल-२ तल्दुगुनमा दसैँ-तिहारको रौनक, टोलस्तरीय भलिबलसँगै शुभकामना आदानप्रदान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक ०६, २०८३
गौमुल-२ तल्दुगुनमा दसैँ-तिहारको रौनक, टोलस्तरीय भलिबलसँगै शुभकामना आदानप्रदान

बाजुरा ःगौमुल गाउँपालिका-२ तल्दुगुनमा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा टोलस्तरीय भलिबल प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ ।

युवा सञ्जाल गौमुल-२ तल्दुगुनको आयोजनामा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन वडा अध्यक्ष देवबहादुर रोकायाले प्रमुख अतिथिका रुपमा गरेका हुन् ।

पदमपुर आधारभूत विद्यालयमा औपचारिक कार्यक्रमका बीच प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको हो ।

क्लबका अध्यक्ष दीपक रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

चाडपर्वको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा जोड्नुका साथै आपसी सद्भाव, सहकार्य र भाइचाराको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यस्ता कार्यक्रमले स्थानीयस्तरमा लुकेका खेल प्रतिभाको पहिचान र विकास गर्न तथा चाडपर्वलाई सामूहिक रुपमा उल्लासमय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

युवा सहभागिता, खेलकुदको विकास र सामाजिक एकतालाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रमले तल्दुगुनमा दसैँ-तिहारको उत्साह थपेको छ ।

प्रतिक्रिया