गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८३ ०४:३४

गौमुल-२ मा मौलिक संस्कृतिको उत्सव : डेउडा मार्फत कला, परम्परा र पहिचानको संरक्षण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३०, २०८३
गौमुल-२ मा मौलिक संस्कृतिको उत्सव : डेउडा मार्फत कला, परम्परा र पहिचानको संरक्षण

बाजुरा ः गौमुल गाउँपालिका-२ तल्दुगुनमा स्थानीय मौलिक कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले बृहत् डेउडा प्रतियोगिता सम्पन्न भएको छ ।

विजया दशमी तथा शुभदीपावलीको अवसरमा वडा कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान तथा डेउडा प्रतियोगितामा स्थानीय मौलिक संस्कृति, परम्परा र लोककलाको प्रदर्शन गरिएको थियो ।

चाडपर्वको खुसी साटासाट गर्नुका साथै पुस्तौँदेखि चलिआएका सांस्कृतिक परम्परालाई जीवन्त राख्ने र नयाँ पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष देवबहादुर रोकायाले बताए ।

प्रतियोगितामा वडाका विभिन्न टोलबाट सहभागी भएका स्थानीयले मागल, गाथा, भुवाचाली, फाग लगायत मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए । यस्ता कार्यक्रमले स्थानीय कला र संस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा रहेकी थिइन् । कार्यक्रममा वडा अध्यक्षहरु गोरख बोहरा, अमर विक र देवेन्द्रबहादुर रोकाया विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

May be an image of one or more people, mountain and text

त्यसैगरी, नेकपा प्रदेश कमिटी सदस्य महेन्द्र धामी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य देव रोकाया, नेकपा (एमाले) गौमुल गाउँ कमिटी सचिव धनबहादुर बोहरा, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष रमित विक लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । वडा सचिव बहादुरसिंह बोहराले सञ्चालन गरेको कार्यक्रम वडा कार्यालयको केन्द्र तल्दुगुनमा आयोजना गरिएको हो ।

May be an image of one or more people, temple and text

प्रतिक्रिया