बाजुरा ः नेपाली कांग्रेसको पन्ध्रौँ नियमित महाधिवेशन अन्तर्गत बाजुरा जिल्लाको आठौँ जिल्ला अधिवेशन आगामी २०८३ कार्तिक १५ गते सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा उद्घाटन हुने भएको छ।
अधिवेशनलाई भव्य र उत्साहपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाका ६९ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, गाउँपालिका तथा नगरपालिका सभापति र पदाधिकारीहरुलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
नेपाली कांग्रेस बाजुराले जारी गरेको अनुरोधमा प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति तथा पदाधिकारी, पार्टीबाट निर्वाचित सबै तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला समितिका सभापति तथा पदाधिकारी, पार्टीका अग्रज नेता-कार्यकर्ता र शुभचिन्तकहरुलाई समेत अधिवेशनमा उत्साहपूर्ण उपस्थितिका लागि आह्वान गरिएको छ।
पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास र भावी राजनीतिक दिशाका दृष्टिले महत्त्वपूर्ण मानिने जिल्ला अधिवेशनमा जिल्लाभरका नेता तथा कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेस पन्ध्रौँ नियमित महाधिवेशन जिल्ला तयारी समिति, बाजुराका संयोजक तथा नेपाली कांग्रेस बाजुराका संयोजक धनराज पण्डितले अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन्।





प्रतिक्रिया