गाैमुल खबर डटकम बिहीबार २९, असोज २०८३ ०४:३९

भड्किलो होइन, सद्भावपूर्ण चाडपर्व मनाऔँ, व्यवहारबाटै जनताको मन जितौँ : एमाले गौमुल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २८, २०८३
भड्किलो होइन, सद्भावपूर्ण चाडपर्व मनाऔँ, व्यवहारबाटै जनताको मन जितौँ : एमाले गौमुल

बाजुरा ःनेकपा (एमाले) गौमुल गाउँ कमिटीले विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई समाजमा सकारात्मक प्रभाव पार्ने र अरू भन्दा पृथक राजनीतिक पहिचान स्थापित गर्ने गरी क्रियाकलापमा सहभागी हुन आग्रह गरेको छ ।

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजित कार्यक्रममा बोल्ने नेताहरूले राजनीतिक गतिविधिमा नयाँपन, जिम्मेवारी र सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरूले अराजकता र उच्छृङ्खल गतिविधि भन्दा माथि उठेर समाजमा सकारात्मक सन्देश प्रवाह हुने गरी चाडपर्व मनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेताहरूले दसैँ-तिहारलाई देखावटी र भड्किलो बनाउनुको सट्टा आफ्नो आर्थिक अवस्था अनुसार खुसी साटासाट गर्दै पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राखेर मनाउनुपर्ने बताएका छन् । चाडपर्वलाई सामाजिक एकता बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

राजनीति भाषण र नारामा सीमित नभई व्यवहार, आचरण र समाजप्रतिको जिम्मेवारीबाट समेत देखिनुपर्ने सन्देश दिँदै नेताहरूले पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो व्यवहारबाटै सकारात्मक राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रम पार्टी गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य कलकबहादुर सिंह, जिल्ला कमिटी सदस्यहरू गोरख बोहरा, अमर विक, देव रोकाया, देवेन्द्र रोकाया, धनलक्ष्मी जैशी र गीता रोकाया, जिल्ला कमिटी सल्लाहकार सदस्य प्रकाश रोकाया, ज्ञानबहादुर रोकाया लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

गाउँ कमिटी सचिव धनबहादुर बोहराले सञ्चालन गरेको कार्यक्रममा दसैँ तथा तिहारको शुभकामना आदानप्रदानसँगै जिम्मेवार व्यवहार, सामाजिक सद्भाव र सकारात्मक राजनीतिक संस्कारको सन्देश प्रवाह गरिएको थियो ।

May be an image of one or more people and crowd

प्रतिक्रिया