गाैमुल खबर डटकम https://gaumulkhabar.com गाैमुल खबर डटकम - Gaumul Khabar en-US hourly 1 Copyright 2026 Sat, 31 Jan 2026 05:38:18 +0545 गौमुलको हिउँदे अधिवेशन : सबै वडा-टोलमा सडक सञ्जाल, माघभित्र दस शैया अस्पताल सञ्चालन https://gaumulkhabar.com/news/3620 Fri, 30 Jan 2026 09:49:40 +0545 https://gaumulkhabar.com/news/3620 शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी तथा पर्यटन प्रवर्द्धन सहकारी मार्फत कृषिजन्य व्यापार भन्ने मूल नाराका साथ गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । बाजुरा ः शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी तथा पर्यटन प्रवर्द्धन सहकारी मार्फत कृषिजन्य व्यापार भन्ने मूल नाराका साथ गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

गाउँसभाले सियाढुङ्गामा निर्माण सम्पन्न भएको दस शैयाको अस्पताल तत्काल सञ्चालन गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । हालसम्म विद्युत् आपूर्ति नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै पालिकाले जनेरेटरको व्यवस्था गरी माघ महिनाभित्रै अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यससँगै स्थानीय नागरिकले आफ्नै गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा बढेको छ । अधिवेशनले वडा नं. ५ का वडाध्यक्ष कलक बहादुर सिंह हाल बिरामी भई काठमाडौँमा उपचाररत रहेकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी, अझै सडक सञ्जाल नपुगेका सबै वडा र टोलमा सडक सञ्जाल विस्तार गर्ने, विद्यमान सडकको स्तरोन्नति गर्ने तथा विकास निर्माणका कार्यहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने निर्णय गरिएको छ ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले सुशासन, दिगो विकास र समृद्ध गाउँपालिकाको दीर्घकालीन सोच अनुसार विभिन्न योजना तथा कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको बताएका छन् ।

अध्यक्ष रोकायाले जनप्रतिनिधि जनतासँग नजिक भई सहकार्य, सहजीकरण र समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिँदै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबैलाई आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका खेल्न आग्रह गरेका छन् ।

गाउँसभामा उपाध्यक्ष सीता थापाले आर्थिक वर्ष ०८३-०८४ को अनुमानित बजेट प्रक्षेपण प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट अनुसार कुल आय ४३ करोड ८४ लाख ७६ हजार ५ सय रुपैयाँ रहने अनुमान गरिएको छ ।

जसमा आन्तरिक आम्दानी ६६ लाख ७० हजार रुपैयाँ रहेको छ । खर्चतर्फ चालु खर्च ३० करोड ६४ लाख २८ हजार ३ सय रुपैयाँ र पूँजीगत खर्च १३ करोड २० लाख ४८ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ ।

हिउँदे अधिवेशनले यसअघि अवलम्बन गर्दै आएको मदिरा व्यवस्थापनसम्बन्धी नीतिलाई अझ कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार फुटकर मदिरा बिक्री पूर्ण रूपमा निषेध गरिने, साथै लाइसेन्सविहीन तथा अवैध रूपमा मदिरा कारोबार गर्ने व्यापारीहरूलाई कडा नियमन र कारबाहीको दायरामा ल्याइने भएको छ ।

यसबाट समाजमा बढ्दै गएको मदिराजन्य समस्या न्यूनीकरण गर्दै स्वस्थ र मर्यादित सामाजिक वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ ।

गौमुल गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायत सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

]]>