काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताएका छन् ।
सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए । उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् ।
सभापति लामिछानेले भने, ‘जनतामाझ गरेको वाचा पुरा गरेका छौं, अब जनजीविकाका सवालमा काम गर्नुपर्ने दायित्व हामीसँग छ ।’





प्रतिक्रिया