गाैमुल खबर डटकम बिहीबार ०१, माघ २०८२ ०७:१३

कांग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वलाई साधारण सदस्य समेत नरहने गरी निलम्बित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ३०, २०८२
कांग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वलाई साधारण सदस्य समेत नरहने गरी निलम्बित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए।

त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ। त्यस्तै अन्य नेता-कार्यकर्ताहरूलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री विश्वकर्माले बताए।

प्रतिक्रिया