काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेमा सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै मन्त्रीमा सिफारिस भएकामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको विवाद भएपछि शपथ रोकिएको छ। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो।
तर सुनारका अनेक काण्ड प्रमाण बाहिर आएपछि शपथ ग्रहण रोकिएको हो भने श्रेष्ठको शपथ रोकिनुको कारण खुलिसकेको छैन। यसअघि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।
प्रतिक्रिया