गाैमुल खबर डटकम शुक्रबार ३१, असोज २०८२ ११:२४

एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा, अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा, अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

काठमाडौं : नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि  ललितपुरमा सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरुको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन् ।

लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ । त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बतायो ।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनको विश्वास छ । केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, आगामी महाधिवेशन र जनपरिचालनबारे छलफल हुने

प्रतिक्रिया