गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ १२:११

राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय, सातै प्रदेशमा तोकिए इन्चार्ज

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०४, २०८२
राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय, सातै प्रदेशमा तोकिए इन्चार्ज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

कार्यवाहक महासचिव मनिष झाले महाधिवेशनअघि वडादेखि प्रदेशसम्मको अधिवेशन गर्न पनि निर्देशन दिइएको बताए। उनका अनुसार आगामी असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ।

त्यस्तै पार्टीको प्रादेशिक समिति र मातहतका संरचनालाई सशक्त बनाउन सातवटै प्रदेशको इन्चार्ज तोकिएको छ। जसमा कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशमा हरि ढकाललाई जिम्मेवारी दिइएको छ।

रास्वपाले आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न सरकारसँग मागसमेत गरेको छ भने वैशाख १२ गतेदेखि सुरु हुने संसद अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन रास्वपा संसदीय दललाई निर्देशन दिइएको कार्यवाहक महासचिव झाले बताए। त्यस्तै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिए।

प्रतिक्रिया