गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१२
Dho
pramit bk pramit bk
शुक्रबार, फागुन १३, २०७८
एमसीसी फेल गराउने डरले प्रधानमन्त्रीले नै रोके संसद बैठक

काठमाडौं । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सामान्य (सैद्धान्तिक) छलफल चलाउने तयारी थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय पनि गर्‍यो । 

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एजेण्डा तय भइसकेको बिहीबारको प्रतिनिधिसभा बैठक कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू मार्फत सभामुखलाई स्थगित गर्न लगाए । कारण थियो, आजै एमसीसी फेल हुनसक्ने त्रास ।

कांग्रेसका नेताहरु नै एमसीसी पास हुने सुनिश्चितताका लागि तयारीमा नपुगेकाले प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको प्रष्टीकरण दिन्छन् । 

एक्कासी प्रतिनिधिसभा बैठक स्थगित हुनुको कारण के हो ? भन्ने प्रश्नमा गृहमन्त्री बालकृष्ण खाँण भन्छन्, ‘एमसीसीबारे निर्णयार्थ मतदानमा जाँदा कुन दल कतातिर जान्छ त्यो निर्क्योल भएको छैन । त्यो टुंगो लाग्दै जाला भनेर ।’

प्रतिक्रिया