गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५१

रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष २८, २०८१
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया