गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०९
Dho

दलित समुदाय एक भएर अघि बढ्छाै : दलित अगुवा कौशल विक

दलितप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभएको भन्दै आक्रोशित
pramit bk pramit bk
बिहीबार, फागुन १२, २०७८
दलित समुदाय एक भएर अघि बढ्छाै : दलित अगुवा कौशल विक

बाजुरा : नेकपा (एमाले) गौमुलगाउँ कमिटी सदस्यत तथा दलित अगुवा कौशल विकले अब गौमुल गाउँपालिकामा दलित समुदाय एक भएर अघि बढ्ने बताएका छन् । दलित समुदायमा एकता नहुने र एकले अर्कोलाई स्वीकार्न अवस्था हुदैंन भन्ने सन्देशलाई तोड्ने गरी एकता हुने बताएका छन् । 

दलित समुदाय सदियौंदेखि प्रयोग मात्र हुने गरेको तर राज्यका कुनै पनि ठाउँमा दलित समुदाय पुग्न खोजेमा कुनै न कुनै संयन्त्र प्रयोग गर्ने गरेकोप्रति कटाक्ष व्यतm गदैं अब स्वीकार्न नसकिने बताए । 

गौमुलखबरसंग कुराकानी गदैं विकले दलितलाई हेर्ने दृष्टिकोण फरक हुने र हालसम्म पनि ग्रामीण क्षेत्रका दलित समुदायले जातिय विभेद खेप्नुपर्ने बाध्यता कायम रहेको बताए । गौमुल सरकारले दलित समुदायलाई केही मात्रमा माथि उठाउने चेष्टा रोखेको भएपनि अब सरकार भित्र दलित समुदायको पनि स्वामित्व हुनुपर्नेमा जोड दिनुभयो । 

आगामी स्थानीयतहको निर्वाचनमा गौमुल गाउँपालिकाका ६ वटा वडा मध्ये ३ वटा वडामा दलित समुदायको नेतृत्व हुनुपर्ने माग गदैं यदी वडाहरुमा दलित समुदायको नेतृत्व प्राप्त भएन भने गलत परिणाम आउन सक्ने चेतावनी समेत दिएका छन् । 

दलित समुदायबाट राजनीति गर्नेका लागि अघि सरेका कतिपय व्यतिmहरु अहिले पनि पछाडी परेको बताउँदैं दलित समुदाय अब पछि नपर्ने उनले बताए । राजनीतिक, सामाजिक र आर्थिक रुपमा अघि बढ्न सक्ने अवस्था अहिले पनि दलित समुदायमा नरहेका कारण स्थानीय सरकारले यसमा ख्याल गर्न आग्रह गर्नु भएको छ । 

दलित समुदाय हालसम्म परिवर्तन नहुनु भनेकै राज्यले उत्पीडनमा राख्ने गरेकै कारणको उपज भएको बताउँदै दलित नै भएर राजनीतिक गर्न सकिने अवस्था अब नरहने उनको भनाई छ ।आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा गौमुल गाउँपालिकाका दलित समुदाय एक भएरै लाग्ने बताउँदै दलित समुदायका माग समाधान भए मात्र चुनावमा होमिने विकले बताए ।

एक फरक प्रसंङ्गमा कुरा गदैं उहाँले गौमुल गाउँपालिकामा आगामी निर्वाचनमा हालकै नेतृत्व आउने विश्वास गर्नुभएको छ । हालका जनप्रतिनिधिहरु मध्ये राम्रोलाई दोहोर्याउने कुरामा पछि नहट्ने विकले गौमुल खबरसंग कुराकानी गदै भने ।
 

प्रतिक्रिया