गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

काँग्रेस बाजुरा प्रदेश ‘क’ का क्षेत्रीय सभापति बोहरा एमाले प्रवेश

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
काँग्रेस बाजुरा प्रदेश ‘क’ का क्षेत्रीय सभापति बोहरा एमाले प्रवेश

बाजुरा : नेपाली काँग्रेस बाजुरा प्रदेश क का क्षेत्रीय सभापति रामबहादुर बोहराले पार्टी छोडेका छन् । बुढीनन्दा नगरपालिका प्रमुखमा उम्मेदवारी घोषणा गरेका बोहराले टिकट नपाए पछि पार्टी छोडेर काँग्रेस प्रवेश गरेका हुन् । काँग्रेसबाट बुढीनन्दा नगरपालिकामा वर्तमान नगर प्रमुख पदम कुमार गिरीले नै टिकट पाएका छन् ।  

बोहरा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुखको आकाक्षी थिए । त्यो बेला पनि काँग्रेसले बुढीनन्दा ३ को वडा अध्यक्षको टिकटमा सीमित बनाएको थियो । लामो राजनीतिक इतिहास भएर पनि पछि पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिने र आफूलाई अन्याय गर्ने गरेको आक्रोश सहीत बोहराले काँग्रेस छोडेका हुन् ।

दुई दशक देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहेका बोहराले पार्टी भित्रको अन्याय सहन नसकिने भन्दै एमाले प्रवेश गरेका छन् । सार्वजनिक विज्ञप्ती सहीत बोहराले काँग्रेस छोडेको औपचारिक घोषणा गरेका हुन् ।

बोहरालाई नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश उपसचिव बल्देव रेग्मी, प्रदेश कमिटी सदस्य पेम्बा गुरुग, बाजुरा जिल्ला उपसचिव एवं एमाले बाट नगर प्रमुखको उम्मेदवार जनक कुमार बोहराले एमालेले प्रवेश गराएका हुन् । नेपाली काँग्रेसको टिकट वितरणमा एकलौटी गरेको आरोप बोहराको छ ।

बोहरा पछिल्लो समय देउवा पक्ष थिए । लामो समय पौडेल निकट भएर राजनीति गरे बोहरा बीचमा देउवा निकटको राजनीति गर्दै आएका छन् । बुढीनन्दा नगरपालिका २, ३ र ४ मा राम्रो प्रभाव राख्ने बोहरा एमाले प्रवेश सँगै एमालेको जित सुनिश्चित देखिएको छ ।

बोहराले बागी उम्मेदवारी दिने पनि तयारी थालेका छन् । एमालेबाट उपप्रमुखका उम्मेदवार मनु रोकाया बिसीको ठाउँमा स्वतन्त्र लडाएर सहयोग गर्ने एमालेले पनि तयारी थालेको छ । बोहराको प्रवेशलाई एमाले बाजुराले ठूलो सफलता मानेको छ । 

प्रतिक्रिया