गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

अछामका ५५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
अछामका ५५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा

धनगढी : अछामका ५५ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका छन्। स्थानीय तह निर्वाचनमा जिल्ला सुरक्षा समितिले ५५ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।

अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरिएको छ। जिल्लाका २०७ मतदान केन्द्रमध्ये ५५ अतिसंवेदनशील, ५४ संवेदनशील र २१ सामान्यमा परेका जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए।

मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माणको योजना सुरक्षा निकायले बनाएको उनले बताए। मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहनेछन्। १० वटा स्थानीय तह रहेको अछाममा १ लाख ५६ हजार २८० मतदाता रहेका छन्। 

प्रतिक्रिया