गाैमुल खबर डटकम सोमबार १६, असार २०८२ ०४:०५

डडेल्धुराको गन्यापधुरामा अध्यक्षका लागि नेकपा (एस)द्वारा २ जनाको नाम सिफारिस

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख ०६, २०७९
डडेल्धुराको गन्यापधुरामा अध्यक्षका लागि नेकपा (एस)द्वारा २ जनाको नाम सिफारिस

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले २ जनाको नाम सिफारिस गरेको छ।  जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट र पश्चिम सेती निर्माणका आभियानकर्ता यादव जोशीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

अब प्रदेश कमिटीले दुईमध्ये एकजनालाई छनोट गरी टिकटका लागि सिफारिस गर्नेछ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका रहेको गन्यापधुरामा काँग्रेसले हालसम्म्म उम्मेदवार छनोट गरेको छैन। 

प्रतिक्रिया