गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३८
Dho

बडीमालिकाको मेयरमा युवा नेता रावलले गरे उम्मेदवारी दर्ता

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २३, २०७८
बडीमालिकाको मेयरमा युवा नेता रावलले गरे उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका युवा नेता प्रकाश रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेता रावलले बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता रावलले मंगलबार नेपाली काँग्रेसको विधान २०१७ को नवौं संसोधन २०७५ को परिच्छेद ८ को धारा ३२ को उपधारा को (क) बमोजिम स्थानीय तह २०७९ बैशाख ३० गतेको निर्वाचनका लागि नेपाली काँग्रेस पार्टीबाट बडीमालिका नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । 

बडीमालका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समेत रहेका नेता रावललाई बडीमालिका नगरपालिकाको मेयर बनाउनका लागि काँग्रेसकै नेता नरबहादुर ऐडी प्रस्तावक र गंगा रावल समर्थक रहेका छन् ।

०७४ को स्थानीय निर्वाचनमा देशभरमै काँग्रेस पार्टीबाट सवै भन्दा कान्छो जनप्रतिनिधिका रुपमा बडीमालिका ८ को वडा अध्यक्षमा विजयी भएका नेता रावल पछिल्लो समयमा युवा पुस्ता माझ लोकप्रिय नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया