गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५४
Dho

देउवाको गृह जिल्लामा गठबन्धन नमान्ने अडानसहित माओवादीबाट उम्मेदवारको टुंगो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २२, २०७८
देउवाको गृह जिल्लामा गठबन्धन नमान्ने अडानसहित माओवादीबाट उम्मेदवारको टुंगो

धनगढी: स्थानीय तहको निर्वाचनमा हालको पाँच दलीय गठबन्धन गर्ने भनेर केन्द्रीय नेतृत्वबीच छलफल भएको छ। तर उक्त सम्झौता कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नमान्ने अडान राखिएको छ। 

नेकपा माओवादी केन्द्रको सरकार रहेको अजयमेरु गाउँपालिकामा हालको गठबन्धन नमान्ने अडानसहित वडा नम्बर २ को अध्यक्षका लागि सर्वसम्मत उम्मेदवार चयन गरिएको छ। सोमबार बसको माओवादी केन्द्रको वडा भेलाले हालका वडाअध्यक्ष शिवराज भट्टलाई पुनः उम्मेदवारका रुपमा अगाडी सारेको हो।   

भट्टले वडा तहबाट पुनः आफुलाई नै वडा अध्यक्ष बन्न सिफारिस गरिएको बताए। ‘जिल्ला तहमा के हुन्छ थाहा छैन। तर वडा तहमा गठबन्धन स्वीकार्य छैन’ उनले भने, ‘अब हाम्रो पार्टी माओवादी केन्द्रका युवाको जोश, वृद्धको सुझाव र जनताको आशिर्वाद र सहयोगको बलमा चुनाव लड्ने तयारीका साथ सर्वसम्मत रुपमा मलाइ वडा अध्यक्षका रुपमा अगाडि बढाइएको छ।’ 

प्रतिक्रिया