गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२६
Dho

माओवादी केन्द्रीय कमिटी बैठक : प्रचण्डको नेतृत्वमा चुनावी कमाण्ड बनाइदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
माओवादी केन्द्रीय कमिटी बैठक :  प्रचण्डको नेतृत्वमा चुनावी कमाण्ड बनाइदै

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाका अनुसार चुनावी कमाण्डमा पूर्वस्थायी कमिटीका १८  जना सदस्यका रुपमा रहनेछन् ।

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चुनावी कमाण्ड बनाउने भएको छ । केन्द्रीय कमिटीको बैठकबाट आगामी बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रचण्डको नेतृत्वमा चुनावी कमाण्ड बनाउन लागेको हो । 

माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाका अनुसार चुनावी कमाण्डमा पूर्वस्थायी कमिटीका १८  जना सदस्यका रुपमा रहनेछन् । 'स्थानीय तहको चुनावमा भिड्ने गरी अघि बढेका छौं । पूर्वस्थायी समिती सदस्यहरु कमाण्डको सदस्यका रुपमा रहनुहुन्छ,' उनले भने,' यसको तयारीमा प्रचण्ड लाग्नुभएको छ । '

अर्का नेता डीलाराम आचार्यले एमसीसीलाई अन्तरफोरममा छलफल गरिने बताए। नेता आचार्नुयका अनुसार जेठ २० गते केन्द्रीय कमिटीको बैठक बस्ने र सो बैठकबाट वृहत छलफल गरिनेछ। पार्टीभित्र मतभेद रहेको भन्‍दै एमसीसीका सन्दर्भमा 'नोट अफ डिसेन्ट' माथि स्थानीय तहको निर्वाचनपछि छलफल हुने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

माओवादी केन्द्रले चुनावपछि पदाधिकारीको टुंगो लाग्ने जनाएको छ । 

जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन, समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन, केन्द्रीय कमिटीलाई पूर्णतालगायतका विषयमा समेत छलफल भइरहेको छ ।
बैठकले स्थानीय चुनावलाई लक्षित गर्दै पूर्वस्थायी कमिटीका १८ जना सदस्य रहेको चुनावी कमाण्ड बनाउने भएको छ। पदाधिकारी चयन गर्न नसकेपछि पूर्वस्थायी कमिटीको नेतृत्वमा चुनावी मोर्चा बनाउन लागेको हो।

एमसीसी अनुमोदनले पार्टीमा विवाद चर्किएको छ। महाधिवेशन र पार्टी निर्णयविपरीत अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकलौटीरुपमा  एमसीसी अनुमोदनका पक्षमा निर्णय गराएको भन्दै नारायणकाजी श्रेष्ठ समूह रुष्ट बनेको छ।

प्रतिक्रिया