गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१३
Dho

एमसीसीको विपक्षमा एकीकृत समाजवादीको निर्णय

pramit bk pramit bk
सोमबार, फागुन ०९, २०७८
एमसीसीको विपक्षमा एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। सोमबार बसेको बैठकले एमसीसीको विपक्षमा उभिन सबैलाई भन्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

'हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र त्यसका निम्ति वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ,' उनले भने। खतिवडाले सरकारबाट नबाहिरिने बताए। 'एमसीसी पास गर्ने सर्तमा सरकारमा गएका थिएनौँ। सरकारमा जानु राष्ट्रिय आवश्यकता थियो।

त्यसैले सरकारमा जाने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्नुपर्दैन। सरकारभन्दा देश ठूलो हो। देशको पक्षमा वकालत गर्न कसैले पाठ पढाइरहनुपर्दैन', उनले भने।

सरकारमा बस्ने र बाहिर निस्किने कुरा समयले निर्धारण गर्ने उनले बताए। आफ्नो पार्टी एमसीसी पास गर्ने कुरामा नलाग्ने उनको भनाइ छ।


# नेकपा एकीकृत समाजवादी

प्रतिक्रिया