गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:५५

पानी मुनी गएर विवाह प्रस्ताव राख्न खोज्दा प्रेमी ठहरै (भिडियोसहित)

गाैमुल खबर डटकम
आइतबार, माघ २३, २०७८
पानी मुनी गएर विवाह प्रस्ताव राख्न खोज्दा प्रेमी ठहरै (भिडियोसहित)

प्रेमिकालाई खतरा मोलेर देखाउने धेरै प्रेमीको चाहना हुन्छ । आफू अत्याधिक प्रेम गर्ने प्रमाणित गर्न पनि यस्तो गर्छन् । एकजना प्रेमीले प्रेमिकालाई पानी मुनी गएर विवाहको प्रस्ताव राख्न खोजे ।

उनी पानी मुनी गए तर जिउँदो फर्किएनन् । यो घटना सन् २०१९ मा तान्जानियाको समुन्द्रमा भएको हो । युवकले विवाह प्रस्ताव लिखित रुपमै राखेका थिए । लेखेर राखेको विवाह प्रस्ताव पानी मुनी पुगेर खुलाए । प्रेमिकाले हेर्न भ्याइन् तर उनको जवाफ प्रेमीले सुन्न र देख्न पाएनन् । विवाहको प्रस्ताव राख्दै औठी पनि पानीबाटै देखाएका थिए । प्रेमी प्रेमिकाको विवाह गर्ने सपना चकनाचुर भयो ।

अमेरिकी नागरिक स्टेभेन वेवर आफ्नी प्रेमिका केनेसा एन्टोइनको साथमा तान्जानियाको पेम्बा टापु पुगेका थिए । उनीहरु समुन्द्री तट नजिकैको पानीमा केही भाग मात्र डुब्ने काठको क्याबिनमा बसेका थिए । वेवर निकै उत्साही भए । प्रेमिकालाई सरप्राइज दिन्छु भने । उनी अचानक पानी भित्र पौडिएर पुगथे ।

पानी मुनी पौडिएर हातले लेखेको कागज देखाए । जसको भिडियो बनाए । कागजमा लेखिएको थियो- के तिमी मेरो पत्नी बन्न चाहन्छ्यौ ? मसँग विवाह गछ्र्यौ ?

आफूले प्रेमिकालाई निकै माया गर्ने र विवाहको प्रस्ताव भन्न धेरै समय स्वास रोकिराख्न नसक्ने लेखेका थिए । प्रेमिकालाई अपार माया गर्ने र हरदिन माया गर्ने समेत लेखेका थिए ।

प्रतिक्रिया