गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८३ ०७:००

बाजुरा कराँते महासंघको अध्यक्षमा सन्तोष थापा चयन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक १८, २०८३
बाजुरा कराँते महासंघको अध्यक्षमा सन्तोष थापा चयन

बाजुरा ःबाजुरा कराँते महासंघको अध्यक्षमा सन्तोष थापा चयन भएका छन्। महासंघको नयाँ नेतृत्व चयनसँगै जिल्लामा कराँते खेलको विकास, विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नयाँ सम्भावना थपिएको छ।

महासंघको नेतृत्वमा थापासहित नौ सदस्यीय कार्यसमिति चयन भएको हो। जसको उपाध्यक्षमा सावित्री रोकाया, कोषाध्यक्षमा धर्मबहादुर रोकाया र सचिवमा अंगत राउत चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा पवित्र रोकाया, कृष्ण जोशी, आयुष्मा रोकाया, शुभम राउत र सरस्वती नेपाली चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले जिल्लामा कराँते खेलको संस्थागत विकास, नयाँ खेलाडी उत्पादन, प्रतिभाको पहिचान तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कराँते खेलको विकाससँगै जिल्लाका खेलाडीलाई स्थानीयदेखि राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्नु नयाँ नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हुनेछ।

नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल, उपलब्धिमूलक र प्रेरणादायी कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया