गाैमुल खबर डटकम शनिबार १७, असोज २०८३ ०३:०३

नवज्योति आधारभूत विद्यालयमा वार्षिकोत्सवको तयारी तीव्र, आजदेखि टोलस्तरीय भलिबलको रौनक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १६, २०८३
नवज्योति आधारभूत विद्यालयमा वार्षिकोत्सवको तयारी तीव्र, आजदेखि टोलस्तरीय भलिबलको रौनक

बाजुरा ःगौमुल गाउँपालिका-६ सालिकोटमा रहेकाे नवज्योति आधारभूत विद्यालयले आजदेखि टोलस्तरीय भलिबल प्रतियोगिता सहित विभिन्न सदनात्मक कार्यक्रम सञ्चालन गरेको छ।

विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा विद्यालयले असोज १६ र १७ गते अनौपचारिक कार्यक्रम अन्तर्गत टोलस्तरीय भलिबल प्रतियोगिता तथा विद्यालयका सदनात्मक कार्यक्रम सञ्चालन गरेकाे छ ।

विद्यालयले असोज १८ गते औपचारिक कार्यक्रम आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। औपचारिक कार्यक्रममा कार्यक्रम उद्घाटन, वार्षिक प्रतिवेदन प्रस्तुत, टोलस्तरीय महिला डेउडा प्रदर्शन, चन्दादातालाई धन्यवाद, पुरस्कार वितरण तथा समापन गरिने प्रधानाध्यापक चित्रबहादुर राेकायाले बताएका छन् ।

विद्यालयका अनुसार वार्षिक उत्सवलाई नेपालीहरुको महान् पर्व बडादसैँ तथा शुभदीपावलीको शुभकामना आदान-प्रदानसँगै विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइँदैछ।

विद्यालयले कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरुको सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया