गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ११:१७

गणेश कडाराको “फुल फुल्यो पदम” देउडा गित सार्वजनिक (हेर्नुहाेस् भिडियाेसहित)

प्रमित वि.क. प्रमित वि.क.
शुक्रबार, मङि्सर १९, २०८२
गणेश कडाराको “फुल फुल्यो पदम” देउडा गित सार्वजनिक (हेर्नुहाेस् भिडियाेसहित)

बाजुरा : गायक गणेश कडाराको नयाँ देउडा गित सार्वजनिक भएको छ । आफ्नो र जलिना बुढाको स्वरमा “फुल फुल्यो पदम” बोलको देउडा गित सार्वजनिक गरेका हुन् । 

स्वामीकार्तिक खापर गाउँपालिका १ मा जन्मिएका कडाराको प्रेम भाव समेटिएको उक्त देउडा गितको शब्द तथा संगित समेत उनलकै रहेको छ । गितको भिडियो गणेश कडारा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

देउडा गितको शब्द कडारले कोर्नु भएको हो, भने संगित पनि उनले नै भरेका हुन् । स्टुडियो मधुमालमा तयार भएको उक्त गितमा दिपक संगम बिसीको एरेन्ज रहेको छ । ब्याङ्गलोरको शहरमा गरिएको भिडियोको छायांकन नविन गरीले गरेका हुन् । 

भिडियोमा अनिल बिसी र खुशी विश्वकर्माले दमदार अभिनिय गरेका छन् । सानैदेखि गित संगितमा लागेका कडारा पछिल्लो समय एकपछि अर्को गितहरु बजारमा ल्याउन थालेका छन् । दर्शकको माया, सुझाव, सल्लाहलाई अनुशरण गर्दै आगामीक दिनमा पनि थुप्रै गितहरु बजारमा ल्याउँने बताएका छन् ।  

प्रतिक्रिया