गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:०७

पवन मधुश्रीको रारा तालैमा गित : प्रेम, पहिचान र एकताको संगम

प्रमित वि.क. प्रमित वि.क.
शनिबार, कार्तिक २२, २०८२
पवन मधुश्रीको रारा तालैमा गित : प्रेम, पहिचान र एकताको संगम

बाजुरा : प्रेम, पहिचा र सौन्दर्यले मिश्रित पवन मधुश्रीको रारा तालैमा गित बजारमा आएको छ । गितको भिडियो मधुश्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

सुदूरपश्चिका दुर्गम विभिन्न स्थान तथा जुम्ला, डोल्पा, मुगु र जारकोट लगायतका ठाउँका कुराहरु समेटिएको उक्त गितले मौलिक कला र संस्कृति समेत झल्काएको छ । पर्यटन प्रवद्र्धमा असाध्यै सुवाउँदो गित सुमधुर मात्रै छैन्, रैथाने पहिचान समेत झल्काइदिएको छ ।

गितको शब्द पवन मधुश्रीले कोर्नु भएको हो, भने संगित पनि उनले नै भरेका हुन् । स्टुडियो मालाश्रीमा तयार भएको उक्त गितमा गायक तथा संगितकार विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

सुदूरपश्चिम, कर्णालीको सौन्दर्य, प्रेम र पहिचानको संगमी गितमा गायक प्रमोद माझी र गायिक पम्फा कडेलको स्वर रहेको छ । भने दिनेश ठकुल्ला, झरना विश्वाकर्मा, सन्देश रिमाल, देविका कार्की, सर्मिला ऐडी, विपना विक, उषा विक, बसन्ता विक, दिपक विक, सुदिप विक, सुमन विक र नविन विक लगायत कालाकारहरुको अभियान रहेको छ ।

जलराम्ती डिजिटल म्युजिक प्रा.लिबाट यो गित बाजरामा ल्याइएको हो । भने मेनुका साउँदले मेकअप गरेकी हुन् । रारा तालै भिडियोले सामाजिक कथा र पर्यटकीय सम्पदाहरु प्रस्तुत गरिएकाले पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने देखिएको छ । 

गीतको छायांकन बाजुराको बुढीगंगा नदी किनारसहित जिल्ला सदरमुकाम मार्तडी आसपासका क्षेत्रहरुका मनमोहक दृष्यहरु समेटेर तयार गरिएको छ । शुद्धता, प्रेमको निर्मलता, स्मृतिको गहिराइ, जीवनको निरन्तरता, स्थानीय पहिचान, मौलिकता, धार्मिक आस्था, सामाजिक रूपान्तरण र सांस्कृतिक एकतालाई समेटर गित तयार पारेको पवन मधुश्रीले बताएका छन् ।

पवन मधुश्रीको गीतको साहित्यिक र सांस्कृतिक समीक्षा 
नेपाली गीत संगीतको धरातलमा पवन मधुश्री एक संवेदनशील र बौद्धिक सर्जकका रूपमा चिनिन्छन् । समाज, संस्कृति,प्रकृति र मानवीय भावना यी चार तत्व उनका शब्दहरूमा निरन्तर धड्किरहेका छन् । 

उनको ताजा गीत “रारा तालैमा” केवल एक प्रेम–गीत होइन, यो सुदूरपश्चिम र कर्णाली क्षेत्रको आत्मा बोकेको सांस्कृतिक दस्तावेज हो । गीतले भौगोलिक रूपमा टाढा रहेका ठाउँहरू रारा ताल, जगदुल्ला, डोल्पा, मुगु, कालिकोटदेखि पचाल झरना, चन्दननाथ मन्दिर र सुदूरपश्चिमका रमणीय स्थल रामारोशन, खप्तड, बैजनाथधाम, राकम बजारसम्म सबैलाई एउटै भावनात्मक सूत्रमा बाँधेको छ ।

यो केवल भौगोलिक यात्राको कथा होइन, यो सांस्कृतिक मिलन र प्रेमको विजयगाथा रहेको मधुश्रीले बताएका छन् । गीतमा प्रस्तुत स्थल नामहरू केवल भूगोलका सीमाहरू होइनन् उनीहरू भावनात्मक र सांस्कृतिक प्रतीकहरू हुन्, रारा र जगदुल्ला केवल पानीका ताल होइनन्, ती नेपाली मनको निर्मलता र गहिराइका प्रतीक हुन्, डोल्पा र मुगुका पर्वतहरू गीतमा कठोरता होइन, स्थायित्वका प्रतिरूप हुन् उनले भने ।

त्यस्तै, सुदूरपश्चिमका स्थलहरू रामारोशन, खप्तड, बैजनाथधाम, राकम बजार गीतमा भौगोलिक विविधता र सांस्कृतिक एकताको सजीव उपमा बनेका छन् । गीतले देखाएको संसारमा कर्णालीको शान्तता र सुदूरपश्चिमको उर्जाशीलता मिलेर एउटा राष्ट्रिय सौन्दर्य सिर्जना गर्छ मधुश्रीका शब्दहरूले यी ठाउँहरूलाई नक्साभन्दा बाहिर ल्याएर, भावनाको प्रदेशमा पुनःचित्रण गरेका छन् । 
गीतको छायांकन बाजुराको बुढीगंगा नदी किनारमा गरिएको छ । त्यो कुनै सामान्य भू–पृष्ठ होइन; त्यो गीतको आत्मीय भूगोल हो । त्यहाँ देखाइएको असाला माछा केवल नदीको जीव होइन, यो जीवनको प्रवाह, निरन्तरता र स्थानीय पहिचानको रूपक हो । 

गीतको मुख्य कथा–रेखा सुदूरपश्चिमकी केटी र जुम्लाका केटाबीचको मायाप्रेममा केन्द्रित छ । यो सामान्य प्रेमकथा होइन, यो सामाजिक मान्यताको सीमाभित्रको साहसिक सांस्कृतिक विद्रोह हो । 

सामान्यतया सुदूरपश्चिममा जुम्लाका केटासँग बिहे गर्ने चलन छैन, जुम्लालाई “पिछडिएको” भन्ने भाष्य समाजमा प्रचलित छ, तर पवन मधुश्रीले यो परम्परागत पूर्वाग्रहलाई गीतमार्फत चुनौती दिएका छन् ।

गीतमा जुम्लाको केटा र अछामकी केटीको प्रेम सफल भएर टुंगिन्छ, यो केवल प्रेमको विजय होइन, यो सामाजिक समावेशिता, समानता र सांस्कृतिक एकताको गीतात्मक उद्घोष हो । “प्रेमले जात, भाषा, भूगोल र सीमाको विभेद तोड्छ ।” रारा र बुढीगंगाको पानी जस्तै, प्रेम पनि अन्ततः एउटै समुद्रमा मिसिन्छ ।  

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया