गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५३
Dho

एमालेबाट गौमुल गाउँपालिका–४ को वडाध्यक्षकाे उम्मेदवारमा अम्मर विक सर्वसम्मत, मनाेनयन समेत दर्ता

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १२, २०७९
एमालेबाट गौमुल गाउँपालिका–४ को वडाध्यक्षकाे उम्मेदवारमा अम्मर विक सर्वसम्मत, मनाेनयन समेत दर्ता

बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका–४ को वडाध्यक्षमा अम्मर विक उम्मेदवार बनेका छन् । विक सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनेसँगै आज गौमुल गाउँपालिकाको केन्द्र घट्मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा वडाध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेबाट वडा नं.४ को वडाध्यक्षमा विकलाई सर्वसम्मत उम्मेदवार बनाएका थिए । सामाजिक क्षेत्रमा राम्रो अनुभव भएका विकलाई जनताले नै वडाध्यक्षको उम्मेदवार बनाउनुपर्ने माग राखेका थिए । 

सामाजिक क्षेत्रमा विगत एक दशकदेखि अनुभव बटुलेका विकले यो पटक जनताको माग अनुसार वडाध्यक्षको टिकट लिएका हुन् । त्यस्तै वडा सदस्यमा गीता रोकाया, जना सार्की, मंगल धामी र तुसार सार्कीले टिकट पाएका छन् । वडाध्यक्ष अम्मर विक लगायत वडा सदस्य सहितले आजै उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।  

प्रतिक्रिया