गाैमुल खबर डटकम बिहीबार १३, कार्तिक २०८३ ०४:५४

खेलकुददेखि डेउडासम्म : गौमुल-१ मा मौलिक कला र संस्कृतिको उत्सव

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक १२, २०८३
खेलकुददेखि डेउडासम्म : गौमुल-१ मा मौलिक कला र संस्कृतिको उत्सव

बाजुरा ः गौमुल गाउँपालिका-१ मा खेलकुद प्रतियोगितासँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा भलिबल, फुटबल र क्रिकेट लगायत खेलकुद गतिविधिसँगै डेउडा गीत-संगीत तथा विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति समावेश गरिएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवाको प्रतिभा उजागर गर्नु, खेलाडीलाई प्रोत्साहन तथा सम्मान गर्नुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्नु रहेको वडा अध्यक्ष देवेन्द्रबहादुर रोकायाले बताएका छन् ।

कार्यक्रममा डेउडा कलाकार रोशनी रोकाया लगायत स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । स्थानीय मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

यसले स्थानीय प्रतिभालाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, भलिबल, फुटबल र क्रिकेट लगायत खेलकुद गतिविधिले युवामा खेलप्रतिको आकर्षण बढाउन, आपसी सद्भाव र सहकार्यलाई बलियो बनाउन तथा गाउँमा खेलकुदमैत्री वातावरण निर्माण गर्न योगदान पुर्‍याएको छ ।

चाडपर्वको अवसरमा खेलकुद र संस्कृतिलाई एकै ठाउँमा जोडेर आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने सन्देश दिएको छ ।

स्थानीय प्रतिभाको सम्मान, युवाको खेलकुदप्रतिको रुचि र मौलिक संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै वडा कार्यालयले आयोजना गरेको कार्यक्रमले गाउँको सामाजिक तथा सांस्कृतिक जीवनमा उत्साह थपेको छ ।

 

प्रतिक्रिया