गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४७
Dho

काँग्रेसले लगायो ४ नगरपालिकाको टुङ्गो, अझै ५ पालिकाको टुङ्गो लगाउन सकस

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
काँग्रेसले लगायो ४ नगरपालिकाको टुङ्गो, अझै ५ पालिकाको टुङ्गो लगाउन सकस

बाजुरा : बाजुरा नेपाली काँग्रेसले लामोपछि ४ नगरपालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ । भने अन्य पाँच पालिकाको भने टुङ्गो लगाउँनै सकस भएको छ । टुङ्गो लगाएका ४ पालिका बडीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका प्रमुख, उपप्रमुखको टुङ्गो लगाएको छ ।

सत्तारुढ गठबन्धन र पार्टी भित्रको गुटका कारण लामो समयपछि बाजुराका ४ स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार छनौट गरेको  नेपाली काग्रेसका एक नेताले बताएका छन् । नेपाली काँग्रेस बाजुराको बडिमालिका नगरपालिकाको नगर प्रमुखमा धनराज पण्डित र उपप्रमुखमा राधिका सिंहलाई उम्मेदवार बनाएको छ ।

काँग्रेस जिल्ला कार्यसमिती बाजुराले जिल्लाबाट प्रदेशमा सिफारिस गरे अनुसार बडिमालिको प्रमुखमा पण्डित र उपप्रमुखमा सिंहलाई उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले बुढीगंगा नगरपालिकामा प्रमुखमा रंग खाती र उपप्रमुखमा तारा खाती थापालाई उम्मेदवार बनाएको छ । 

त्यसैगरी बुढीनन्दा नगरपालिकामा प्रमुखमा पदम कुमार गिरी र उपप्रमुखमा रिता सिंहलाई उम्मेदवार बनाएको छ । सो पालिकाका प्रमुखमा गिरी पुनः दोहोरिने भएका छन भने उपप्रमुखमा पनि ०७४ को स्थानीय तहको निर्वाचनमा  सिंह पराजीत भएकी थिइन ।

त्यस्तै त्रिबेणी नगरपालिकामा नगरप्रमुखमा कर्णा बहादुर थापा र कमला न्यौपानेलाई उम्मेदवारमा सिफारिस गरेको काग्रेसले जनाएको छ । नेपाली काँग्रेस बाजुरामा उम्मेदवारी छनोट गर्ने सकस भएको छ । एकआपसमा सम्झदारी नहँदा उम्मेदवार टुङ्ग्याउन मुस्किल भएको सोही पार्टीका नेताहरुले बताएका छन् । 

४ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएपनि ५ स्थानीय तहको अझै सकस भएको छ । काँग्रेसका शिर्ष नेताहरु उम्मेदवार टुग्याउँन छलफल गरिरहेका छन् । भोली मनोनय पत्र दर्ता गर्ने अन्तिम दिन भएकाले आजै रातीसम्म उम्मेदवारी टुङग्याउने कसरतमा नेताहरुले लागि रहेका छन् । 

प्रतिक्रिया