गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५५
Dho

२५ जना पूर्वमिस नेपालले गठन गरे क्लब, सामाजिक अभियान चलाउने

काठमाडौं 
गाैमुल खबर डटकम
सोमबार, फागुन २३, २०७८
२५ जना पूर्वमिस नेपालले गठन गरे क्लब, सामाजिक अभियान चलाउने

पूर्वमिस नेपालहरुले सामाजिक अभियान सुरु गरेका छन् । हालसम्मका २५ पूर्वमिस नेपालहरुले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक अभियान सुरु गरेका हुन् । यसमा मानसिक स्वास्थ्यदेखि विपन्नलाई छात्रवृत्ति प्रदान गर्नेसम्मको योजना उनीहरुले अघि सारेका छन् ।

सबै पूर्वमिस नेपालहरुलाई एउटै छातामा आबद्ध गर्ने उद्देश्यले गठन गरिएको यो क्लबले सामाजिक कार्यमा सक्रियता जनाउने भएको छ । रुबी राणादेखि अनुष्का श्रेष्ठसम्म सहभागी रहेको क्लबले हालै मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना जगाउने काम सुरु गरेको छ । विपन्नलाई आर्थिक सहयोग दिलाउन कोष जम्मा गर्ने कार्य पनि चलिरहेको छ ।

गत साता सडकमा तरकारी बेच्दै आइरहेकी एक महिलालाई क्लबमार्फत नै ठेला सहयोग गरिएको छ । कोभिड-१९ ले बाबुआमा गुमाएका विपन्न विद्यार्थीलाई कलेज तहसम्म पढ्ने छात्रवृत्तिको व्यवस्था पनि मिस नेपालहरुले सुरु गरेका छन् ।

छात्रवृत्तिको प्रक्रिया सुरु भएको र चाँडै आवेदन आह्वान पनि गर्ने जनाइएको छ । ‘यस क्लबले मिस नेपालहरुलाई आफ्नो कार्यकालपछि पनि सामाजिक क्षेत्रमा सक्रिय रहन मद्दत गर्नेछ,’ पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

यति मात्र होइन, पूर्वमिस नेपालहरु मिलेर गेट-टुगेदर र सेलिब्रेसन कार्य समेत हुन थालेको छ । सन्तानलाई जन्म दिने तयारीमा रहेकी पूर्वमिस नेपाल जेनिशा मोक्तानको ‘बेबी सावर’मा सबै पूर्वमिस नेपालहरु सहभागी भएका थिए ।

प्रतिक्रिया