गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०५
Dho

केही फिल्म गुमाएकोमा पछुतो छ, जुन मेरै लागि बनेका थिए : मृणाल ठाकुर

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
केही फिल्म गुमाएकोमा पछुतो छ, जुन मेरै लागि बनेका थिए : मृणाल ठाकुर

  

काठमाडौं । बलिउड अभिनेत्री मृणाल ठाकुरले आफ्नो करिअरलाई दिनप्रतिदिन नयाँ उचाइमा पुर्‍याइरहेकी छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘जर्सी’का कारण चर्चामा छिन् । उनको ‘पिपा’ र ‘आँख मिचौली’ फिल्म पनि आउँदैछन् ।  मृणालले आफ्नो आगामी फिल्म ‘जर्सी’सँग जोडिएर केही कुरा बताएकी छन् ।

हिजोआज एकपछि अर्को फिल्म खेलिरहनुभएको छ, यहाँसम्म पुग्दाको यात्रा कति कठिन लाग्यो ?

मेरो अहिलेसम्मको यात्रा निकै अनौठो रह्यो । यस अवधिमा मैले धेरै कुरा सिक्ने मौका पाएँ, धेरै गुमाएँ पनि । मेरो पछिल्लो पटक रिलिज भएको फिल्मले धमाका नै मच्चायो । त्यसबाट पनि मैले केही गुमाएँ र धेरै पाएँ । सबैभन्दा महत्वपूर्ण कुरा हरेक दिन कुनै न कुनै कोणबाट वृद्धि हुनु हो । नयाँ फिल्म मेकरसँग काम गर्दा केही नयाँ कुरा सिक्न सकिन्छ ।

मेरो जीवनको यो चरणमा आएर कामलाई नै मनोरञ्जनको रुपमा लिन सकेको छु । यस्ता राम्रा फिल्म मेकरसँग काम गर्ने मौका धेरै कम अभिनेत्रीले पाउँछन्, त्यो कोणबाट पनि मैले आफूलाई  धन्य महसुस गर्ने गरेको छु । यति सानो उमेरमा राम माधवानी, राकेश ओमप्रकाश मेहरा जस्ता दिग्गज निर्देशकहरूसँग काम गर्ने मौका पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । साथै, मेरो फिल्मी यात्रा यसरी नै जारी रहोस् भन्ने चाहन्छु । जीवनमा मानिसहरूलाई केही उत्प्रेरक सन्देश दिन सकौं वा कुनै व्यक्तिलाई सत्कर्ममा प्रेरित गर्न सकौं भन्ने मेरो उद्देश्य हो । मैले अहिलेसम्म गरेको जति पनि काम दर्शकमाझ पुगेको छ, कुनै न कुनै रुपमा दर्शकले मन पराएको पाएकी छु । यसले ममा असीम खुसी ल्याउने गरेको छ ।

तपाईंले अघि भन्नुभयो जीवनको यो यात्रामा केही पाएँ र केही गुमाएँ भनेर, बताइदिनुहोस् न के पाउनुभयो, के गुमाउनुभयो ?

 मैले केही फिल्म गुमाएको छु । कहिले कहिले लाग्थ्यो कि मन लगाउँ, धेरै कोसिस गरूँ । तर भाग्यमा जे लेखिएको छैन, त्यो पाउन सकिंदो रहेनछ । मैले जीवनमा केही चलचित्र गुमाएँ, तर पछि थाहा भयो कि यो ती चलचित्र मेरा लागि बनेका नै रहेनछन् र म ती चलचित्रका लागि । सुरुमा ठूला फिल्म नपाएपनि लभ सोनियाजस्ता सानो फिल्मबाट मैले करिअर सुरु गरें । यो फिल्ममार्फत धेरै बलिउड फिल्मसँग सम्बन्ध जुट्यो । त्यसपछि एउटा कुराबाट अर्को र अर्कोबाट तेस्रो कुरा मिल्दै गयो ।

हो, मैले केही स्कुल-कलेजका साथीहरू गुमाएँ, किनभने म फिल्म र काममा व्यस्त थिएँ । अहिले फिल्म उद्योगमा केही नयाँ साथीसँग जोडिएकी छु ।

जो गुमाउनुभएको छ, के उनीहरू स्कुल-कलेजका साथी मात्रै हुन् ?

कतिपय कलेजका साथीहरू थिए, जो लामो समयसम्म सम्पर्कमा थिएनन् । तर अहिले हामी ६-७ वर्षपछि भेटिरहेका छौं । सँगै रमाइलो गर्छौं । कलेजका दिनहरू पनि बेग्लै थिए । अहिले म जीवनलाई सन्तुलनमा राख्ने प्रयासमा छु । साथसाथै फिल्म पनि गरिरहेकी छु, अनि परिवार र साथीभाइसँग समय पनि बिताइरहेकी छु । भनिन्छ नि जीवन केवल आफ्नो सपना र लक्ष्यहरू प्राप्त गर्न मात्र होइन, जीवन कसरी सन्तुलित बनाउने भन्नेबारे पनि जानकारी राख्नु महत्वपूर्ण हुन्छ ।

ठूला स्टारहरूसँग काम गरिसक्नुभएको छ, कुनै फिल्मसँग जोडिएको वा कसैसँग जोडिएको अनौठो कुरा सेयर गर्न चाहनुहुन्छ ?

मैले ‘लभ सोनिया’ फिल्म गरिरहेकी थिएँ । त्यही बेलामा मैले डेमी मूरसँग काम गर्ने मौका पाएँ । म डेमी मूरका चलचित्र हेरेर हुर्किएको मान्छे हुँ । उहाँसँग स्क्रिन सेयर गर्न पाउँछु भनेर मैले कहिल्यै सोचेकी पनि थिइनँ । धेरैलाई थाहा छैन कि लभ सोनियामा डेमी मूर पनि हुनुहुन्थ्यो । हलिउड स्टारसँग काम गर्नु मेरा लागि अनौठो अनुभव थियो । उहाँसँग सेटमा समय बिताउनु मेरो लागि पनि गौरवको कुरा हो । लस एन्जलसमा डेमी मूरसँग काम गर्ने मौका पाएको क्षण म कहिल्यै बिर्सन सक्दिन । उहाँ असल अभिनेता हुनुका साथै असल मानिस पनि भएकाले भविष्यमा उहाँसँग थप काम गर्न चाहन्छु ।

तपाईंको फिल्म जर्सी आउँदैछ, यो तेलुगू फिल्मको रिमेक हो, त्यो तेलुगु फिल्म हेर्नुभयो ?

वश्य पनि, मैले त्यो तेलुगू फिल्म हेरेकी छु । त्यो फिल्म इमोसनको हिसाबले एकदमै राम्रो छ, यसको सम्बन्ध एकदमै राम्रो छ । यसलाई यति राम्रोसँग देखाइएको छ, त्यसैले हेरेपछि मैले यो फिल्मसँग जोडिने निर्णय गरें । जब यो स्पोर्ट्स ड्रामा फिल्मको अफर आयो, त्यतिखेर म ‘तुफान’ गरिरहेकी थिएँ । मेरो मनमा कतै यो सोच आइरहेको थियो कि दुवै स्पोर्ट्स बेस फिल्म गर्ने कि नगर्ने ? तर यो चलचित्रमार्फत मैले अनेक रोल प्ले गर्ने मौका पाएकी छु ।

तुफान र जर्सी दुवै खेलकुदमा आधारित चलचित्र हुन् । तर तुफानमा सुप्रियाको यात्रा फरक छ भने जर्सीमा विद्याको यात्रा फरक छ । यो यति राम्रो कथा हो कि मानिसहरूले हेर्नेछन् र प्रत्येक अभिभावकले आफूलाई सम्बोधन गर्न सक्षम हुनेछन् । म राम्रो कथाको हिस्सा बन्न चाहन्थें । जर्सीको मूल संस्करण फिल्म हो, मलाई यो साँच्चै मनपर्‍यो । मलाई याद छ म गोवामा थिएँ । भूत कथा सुटिङ भइरहेको थियो । यो फिल्म खेल्नेबारे हुन्छ भन्न मलाई १० देखि १५ सेकेन्ड लाग्यो । मैले तुरुन्तै निर्देशकलाई यो कुरा भनें कि म फिल्मको हिस्सा बन्न चाहन्छु ।

बलिउडमा एकपटक जस्तो भूमिका निभाएपछि प्रायः त्यही किसिमको भूमिकामा अफर आउने गर्छ । तर तपाईंले फरक-फरक पात्रका फिल्म गरिसक्नुभएको छ, यो कसरी सम्भव भयो ?

यो सत्य हो, किनकि कतै फिल्म निर्माताहरूले उनीहरूलाई सुरक्षित र जीवन्त अभ्यास गरून् भन्नको लागि यस्तो भूमिका दिन्छन् । मलाई ‘लभ सोनिया’पछि डेढ वर्षसम्म यस्तै भूमिकाको अफर आएको थियो । तर मैले धेरैलाई इन्कार गरें । म त्यस्तो भूमिकामा खेल्न चाहन्थें जुन मैले कहिल्यै गरेकी छैन । कहिलेकाहीं मलाई नराम्रो लाग्थ्यो कि म कुनै सुटिङमा व्यस्त भइरहेकी छैन भनेर । तर म यस्तो फिल्म खेल्न चाहन्थें कि मेरो भूमिका केवल मेरो लागि मात्रै होइन कि अरूको लागि पनि प्रेरणाको स्रोत बन्न सकोस् ।

दैनिक भास्करबाट 

  

प्रतिक्रिया