गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१९
Dho

मनिषाले कालापत्थरबाट महिला हिंसाविरुद्धको सन्देश दिने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २३, २०७८
मनिषाले कालापत्थरबाट महिला हिंसाविरुद्धको सन्देश दिने

अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको कालापत्थरतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट उनले जलवायु परिवर्तन र महिला हिंसाविरुद्ध सम्बोधन गर्ने कार्यक्रम छ ।

अधिकारकर्मी बन्दना राणासँगै सोमबार बिहान लुक्ला पुगेकी मनिषा कालापत्थर पुग्ने जनाइएको छ । ‘साथसाथै’ अभियानले कालापत्थरमा आयोजना गरेको अभियानमा भाग लिन मनिषासहित ४० जनाको महिला टोली कालापत्थर हिंडेको हो । 

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान पनि उक्त समूहमा छिन् । ‘संसारकै उच्च स्थानबाट जलवायु परिवर्तनले महिलामा पार्ने असर, महिला हिंसाविरुद्ध र सबै संयन्त्रमा महिला सहभागिताको सन्देश दिन मनिषाले सम्बोधन गर्ने कार्यक्रम छ,’ उद्यमी तथा अभियन्ता बन्दना राणाले अनलाइनखबरलाई जानकारी दिइन् । मनिषाले सामाजिक सञ्जालमार्फत महिला हिंसाविरुद्ध एकजुट भएर कदम चाल्ने बताएकी छन् ।

कालापत्थरबाट फर्किएपछि मुम्बई प्रस्थान गर्ने तयारीमा रहेकी मनिषा नेटफ्ल्क्सिको लागि सञ्जय लीला भन्सालीले निर्देशन गर्न लागेको फिल्म ‘हीरामण्डी’मा काम गर्न गइरहेकी छन् । मुम्बई पुगेर उनी उक्त फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । फिल्ममा आलिया भट्टको प्रमुख भूमिका हुने जनाइएको छ ।

प्रतिक्रिया