गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३१
Dho

सर्वाङ्गीण विकासमा लाग्ने : समन्वय प्रमुख रोकाया

गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ १०, २०८०
सर्वाङ्गीण विकासमा लाग्ने : समन्वय प्रमुख रोकाया

बाजुरा : जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कीर्तिचौर माविको सर्वाङ्गीण विकासमा लाग्ने बताएका छन् । विद्यालयमा आज आयोजना गरिएको शैक्षिक बहस कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न कुनै पनि मुल्य चुकाउने रोकायाले बताए । आफु विद्यालय स्थापनाको विद्यार्थी समेत भएको स्मरण गर्दै शैक्षिक गुणस्तर सुधारमा आफ्नो क्षत्रेबाट लाग्ने वचन दिएका छन् । विद्यालयको पहिले र वर्तमान अवस्था निकै फरक भएको पाएको उल्लेख गर्दै अब सबै पक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनुपर्ने बेला आएको उनको भनाई छ ।

कार्यक्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले विद्यालयको सबै क्षेत्रको विकास लागि स्थानीय सरकारले सहयोग गरिरहेका बताएकी छन् । केही कमीकजोरीलाई समेत गाउँपालिकाले सुधार गरेर अघि बढ्ने उल्लेख गर्दै अब सबैको ध्यान शैक्षिक गुणस्तर सुधार तर्फ जानुपर्नेमा जोड दिईन् । 

कार्यक्रममा भूमि आयोग बाजुराका अध्यक्ष जनक बहादुर रोकायाले शिक्षाको गुणस्तर रटान गरेर मात्र नआउनेमा बताएका छन् । विद्यालयको गुणस्तर, भौतिक र आर्थिक लगायतका क्षेत्रको सुधार गर्न सबै पक्ष लागे मात्र सम्भव हुने बताए । 

No description available.वडा नम्बर ५ का वडा अध्यक्ष कलक बहादुर सिंहले आफु विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सधै तल्लीन रहेको बताएका छन् । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बोहराले आफ्नो आधा जीवन शिक्षा क्षेत्रको सुधारका लागि गएको अनुभव सुनाउदैं सबैको हातेमालोले मात्र गुणस्तर सुधार हुने बताएका छन् ।

कार्यक्रममा अधिकांश अभिभावकहरुले आफुहरुकै कारणले विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न नसकेको स्वीकार गरेका छन् । विद्यालयको नियमित रेखदेख नगर्ने र बालबालिका विद्यालय मात्र पठाउने गरेको बताएका छन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष अमर विकले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफुहरुको सबै बलबुता प्रयोग गरिहेको बताए । विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाहले विद्यालयको शैक्षिक गुणस्तर सुधारकै लागि सबैसंग हातेमालो गरेर अघि बढेको बताएका छन् । 

No description available.कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरु बीच बृहत बहस कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजीकरण रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले गरेको थियोे । 

बहसमा सबै सरोकारवाला निकायले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आजबाट नै लाग्ने प्रतिवद्धता गरेका छन् । औपचारिक कार्यक्रमकाबीच आयोजना गरिएको कार्यक्रममा करिव २ सय ५० बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया