गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:२१

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

एनपीएल
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष ०३, २०८१
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं : जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टोली बनेको हो। हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँगको भेट पक्का गरेको छ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाउँदै अविजित रहे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।

पहिलो विकेटको लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले ५६ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटको रूपमा ब्रान्डन म्याकमुलेनको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का सहति २५ रन बनाएर ललित राजवंशीको बलमा निसमको हातमा क्याच भए।

उनले दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारीसँग ५९ रनको साझेदारी गरे। सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनले २१ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाउँदै किशोर महतोको बलमा जेम्स निसमबाट क्याच भए।

 जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। ओपनर लाहिरु मिलान्थाले १२ रन बनाउँदा अर्का ओपनर आसिफले ११ रन बनाउँदै आउट भए।

शुभ कंसाकर २६ रनमा रनआउट भए। हर्ष थाकर १२, अरनिको यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सैफ जैबले २ स्कट केग्गेलिन र अभिनाश बोहोराले समान १/१ विकेट लिए।

प्रतिक्रिया