गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४८
Dho

बुढीनन्दाको मेयरमा वीपी पार्टीबाट परलाल जैशीले गरे उम्मेदवारी दर्ता

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
बुढीनन्दाको मेयरमा वीपी पार्टीबाट परलाल जैशीले गरे उम्मेदवारी दर्ता

बाजुरा : बुढीनन्दा नगरपालिकाको मेयरका लािग नेपाली नेपाली काँग्रेस विपी पार्टीबाट परलाल जैशीले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस विपी पार्टी परलाल जैशीले आज बुढीनन्दा नगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोली उम्मेदवारी मनोयन दर्ता गर्ने कार्यतालिका रहेको भएपनि आज भने कमैले आफ्नो उम्मेदवारी दर्ता गरेको बुढीनन्दा नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।

उहाँका अनुसार बुढीन्न्दा नगरपालिका ६ मा अनोज आउजीले स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनले आज स्वातन्त्रबाट वडाध्यक्षको मनोनय पत्र दर्ता गरेका हो । यस्तै राष्टिय प्रजातन्त्र पार्टीबाट पदम बहादुर कार्किले वडा नं। २ बाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् भने, वडा नं। १० मा राप्रपाबाट नै हर्क बहादुर मल्लले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यस्तैगरी वडा सदस्यमा राष्टिय प्रजातन्त्र पार्टीबाट वडा नं। २ को खुल्ला वडा सदस्यमा नन्दाखर रेग्मी, वडा नं। ४ का खुल्ला सदस्यमा बुदे रोकाया, वडा नं। १० मा महिला सदस्यमा नानी भाउ शाहीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोकर्णप्रसाद उपाध्याले बताएका छन् ।

स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुको टिकट बाडफाडमा ढिलाई भएपछि आज कमै मात्रामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन अधिकृत उपाध्यायले उम्मेदवारी दर्ता गर्न आउँदा बाजा गाजा लिएर तडक भडक नगरी शान्ति पुर्णरुपमा आउन समेत आग्रह गरेका छन् ।

उहाँले आज पहिलो दिन मनोनयन दर्ता सौहार्दपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । यस्तै पाण्डुसैनमा पार्टीे टिसर्ट लगाएर नारा जुलुस लगाएको सुचना आएकोले प्रहरी परिचालन गरी नियन्त्रणमा लिएको निर्वाचन अधिकृत उपाध्यायले बताए । उहाँले निर्वाचन आचासंहितालाई उल्लंघन नगर्न समेत आग्रह गरेका छन् ।
 

प्रतिक्रिया