गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३७
Dho

एमाले बाजुराले टुंगो लगायो ९ वटै पालिका उम्मेदवार (नाम सहित)

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
एमाले बाजुराले टुंगो लगायो ९ वटै पालिका उम्मेदवार (नाम सहित)

बाजुरा : नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका प्रमुख उप प्रमुख र पालिका अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको छ । जिल्लाबाट सर्वसम्मत हुन नसकेका पालिका प्रमुख उपप्रमुख सहीतको नाम पार्टी प्रदेश कमिटीले टुंगो लगाएको हो । 

जसमा अधिकांश पुरानै अनुहार दोहोरीएका छन् । एमालेले जितेको गौमुल गाउँपालिकामा वर्तमान अध्यक्ष उपाध्यक्ष हरि रोकाया र सीता थापा नै दोहोरीएका छन् । जगन्नाथ गाउँपालिकामा वर्तमान अध्यक्ष कालीबहादुर शाही दोहोरीएपनि उपाध्यक्ष ऐना गिरीको ठाउँमा मरुकला विष्टलाई उम्मेदवार बनाएको एमालेले बताएको छ ।

यस्तै २०७४ सालको चुनावमा पराजित उम्मेदवारलाई नै स्थान दिएको छ । बुढीगंगा नगरपालिकामा रामबहादुर बानीया र माया कुँवरलाई नै उम्मेदवार बनाएका छन् । कुँवर र बाँनीया दुबै २०७४ मा नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए ।

यस्तै बुढीनन्दा नगरपालिकामा जनक कुमार बोहरा सर्वसम्मत उम्मेदवार बनेका थिए । भने उपप्रमुखमा मनु रोकाया बिसीलाई उम्मेदवार बनाएको छ । यस्तै हिमाली गाउँपालिकामा २०७४ सालकै पराजित उम्मेदवार अजबहादुर मल्ल र राजकला सार्कीलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट जितेका उम्मेदवार समाजवादी तिर लागेपछि स्वामिकात्र्तिक खापर गाउँपालिकामा भने दुबै नयाँ अनुहार आएका छन् । बाजुरा बाहिर सुर्खेत जिल्लामा एमालेको राजनीतिमा स्थापित चर्तुभुज शाही अध्यक्ष र सुलोचना भण्डारी बुढालाई उम्मेदवार बनाएको छ ।

एमालेले त्रिवेणी नगरपालिकामा उपप्रमुखको उम्मेदवार पुरानै पार्वती विष्टलाई बनाएपनि प्रमुखमा भने नयाँ अनुहार मोतीसिंह बुढा उज्वललाई उम्मेदवार बनाएको छ । बुढा तत्कालिन माओवादी युद्धमा सेनाका कमाण्डर बनेर काम गरेका जनमुक्ती सेना हुन् । त्रिवेणीलाई माओवादीको लाल किल्लाका रुपमा चिनिने गरेको थियो । 

बडीमालिका नगरपालिकामा नगर प्रमुखमा अमर खड्का यस अघि नै सर्वसम्मत बनिसकेका थिए । भने उपप्रमुखमा पत्रकारिता क्षेत्रमा स्थापित नन्दा कुमारी थापालाई उम्मेदवार बनाएको छ । प्रेस चौतारी बाजुराका अध्ध्यक्ष र पत्रकार महासंघ बाजुराकी सचिव थापालाई रणनीति रुपमा एमालेले उम्मेदवार बनाएको छ ।

खप्तड छेडेदह गाउँपालिकाले भने दिलबहादुर रावत र मन्देवी ओलीलाई सर्वसम्मत उम्मेदवार बनाएको छ । नेकपा एमाले पार्टी जिल्ला कमिटीका पदाधिकारी उपाध्यक्ष भरत बुढा र सचिव भरत थापा बाहेक अरु तीनै जनाले अध्यक्षको उम्मेदवार बन्ने अवसर पाएका छन् । 

No photo description available.

प्रतिक्रिया