गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४४
Dho

खप्तड छेडेदहमा काँग्रेसबाट ११ जना अध्यक्ष र ६ जनाको उपाध्यक्षमा उम्मेदवारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
खप्तड छेडेदहमा काँग्रेसबाट ११ जना अध्यक्ष र ६ जनाको उपाध्यक्षमा उम्मेदवारी

बाजुरा :  खप्तड छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसबाट ११ जना अध्यक्ष र ६ जना उपाध्यक्षमा उम्मेदवारी परेको छ । नेपाली काँग्रेस गाउँ कार्य समितिले जिल्ला समितिलाई सिफारिस गर्ने सूचीमा ११ जना अध्यक्ष र ६ जना उपाध्यक्षको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

नेपाली काँग्रेस गाउँ कार्य समितिमा आएका सबै आकांक्षिको नाम सिफारिस गरि पठाएको नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले जनाएको छ । वर्तमान अध्यक्ष अध्यक्ष उपाध्यक्ष सहीत शिक्षक कर्मचारी सम्मले उम्मेदवारीमा नाम लेखाएका छन् ।

११ जना अध्यक्ष मध्ये गाउँपालिका अध्यक्ष नरबहादुर रावतको नाम १ नम्बरमा सिफारिस गरिएको छ । यसैगरी नरबहादुर शाही, कुम्भ नाथ योगी, धनबहादुर रावत, भीमबहादुर नेपाली, खडक बहादुर बुढा, मिनबहादुर धामी, तालबहादुर रावत, तेजबहादुर कठायत, परे नाथ र गजेन्द्र बहादुर सिंहको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका कुम्भ नाथ हाल ६ नम्बर वडाका अध्यक्ष हुन्, भने भीमबहादुर नेपाली कार्यपालिका सदस्य हुन् । यस्तै खडकबहादुर बुढाले स्थायी शिक्षकबाट राजिना दिएर उम्मेदवारी दिएका हुन् ।   

 यस्तै उपाध्यक्षमा गाउँपालिकाका उपाध्यक्ष कुन्ती बुढा साउँदले पनि उम्मेदवारी दिएकी छन् । यस्तै बिसु देवी नाथ, सारा नाथ, बिर्मा साउँद बुढा, सत्यकुमारी रोकाया, धर्मा बुढा कठायत, कोपीला शाह, स्मृति कुमारी पण्डितको पनि उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका ६ जना महिला मध्ये शिक्षण पेशामा आवद्ध बढी छन् । बाल विकास सेवा केन्द्रका सहजकर्तालेहरु राजिनामा समेत नदिई उम्मेदवारी दिएका छन् । विद्यालयमा पढाउन छोडेर नै शिक्षीकाहरु उम्मेदवारी दिन पुगेका थिए ।

खप्तड छेडेदह गाउँपालिकाका नेपाली काँग्रेसलाई टिकट मिलाउन सकस हुने देखिएको छ । पुरानै अनुहारले दोहोरीले तयारी गरेपनि नयाँलाई व्यवस्थापनमा समस्या देखिएको छ । नेपाली काँग्रेसले पालिका स्तरबाट आकाक्षी उम्मेदवारको टुंगो लगाउने क्रम जारी छ ।

प्रतिक्रिया