गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

नेकपा एमाले गौमुल गाउँ कमिटीको अधिवेशन आजदेखि सुरु

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ २८, २०८१
नेकपा एमाले गौमुल गाउँ कमिटीको अधिवेशन आजदेखि सुरु

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटी दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । आज एक भव्य कार्यक्रमकाबीच पालिकाको केन्द्र घट्मुनामा अधिवेशनको उद्घाटन गरिएको हो । गाउँ कमिटीको नयाँ नेतृत्व चयनका लागि अधिवेशन सञ्चालन गरिएको हो । अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो ।

अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पूर्व मन्त्री समेत रहेका थापाले हार्दिकताका साथ पार्टीलाई चलायमन बनाउन लाग्नु पर्नेमा जोड दिएका छन् । संगठनलाई बलियो बनाउँन सबैले सक्रिय र क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् ।

पार्टीको विरासत कायम राख्न नेता तथा कार्यकर्ता एकतावद्ध भएर अगाडी बढ्नु पर्ने उनले बताए । त्यस्तै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाले गौमुल गाउँपालिकाले क्लिनस्वीप मात्रै होइन् सिंगो देशलाई सन्देश छोड्ने काम गरेको बताएका छन् । गौमुलको एकतावद्ध अन्य पालिकामा नपाउने बताए ।

अंकगणितमा दोस्रो र जनताको पहिलो पार्टी बन्यो, तर नेकपा एमालेलाई समाप्त पार्न खोज्ने सक्रिय तत्वहरु आफै समाप्त सहीत नेपाली जनताले सपनाहरु चक्नाचुर बनाएको बताएका छन् । समृद्धिको यात्रा कोर्न नेपाली जनताले एमाललाई पहिलो पार्टी रुपमा स्थापित गरेको बताए । अझै नेकपा एमालेलाई व्यवस्थित र एकतावद्ध पार्टी बनाउँन एक वर्षअघि नै त्यो अभ्यासमा लागिरहेका बताएका छन् । 

त्यस्तै मन्तव्य राख्ने सबै नेताहरुले आपसी सद्भाव र हार्दिकता कायम राख्नुपर्ने बताएका छन् । पार्टीलाई बलियो सहीत चलायमान बनाउँन एकतावद्ध भएर लाग्नुपर्ने उहाहरुको भनाइ थियो । 

अधिवेशनमा लामो समय सम्म नेपाली काँग्रेसमा विभिन्न संगठनमा सक्रियाशील रहेका गौमुल गाउँपालिका ३ का धन बहादुर रोकाया सहीत ६ जना नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् । वडा नं.२ का राम बहादुर धामीका परिवार पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेताहरुले फूल माला, अविर लगाएर स्वागत गर्नुभएको थियो ।  

नेकपा एमाले गौमुल गाउँ कमिटी सचिव मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापा, प्रकाश बहादुर शाह रहनुभएको थियो ।

त्यसैगरी नेकपा एमाले लेखा आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश सचिवालय सदस्य गगन रावल, प्रदेश सदस्य कलक सिंह, जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काँशी विक, उप सचिव हरिबहादुर रोकाया लगायतका नेता अतिथिमा रहनुभएको थियो । गाउँ कमिटी उपसचिव धन बहादुर बाेहरा सञ्चालन गरेको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया