गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४०
Dho

एमाले बाजुराको बन्दसत्र, प्रतिनिधि अलपत्र

सल्लाहकार परिषद्ब प्रतिनिधिका कारण विवाद
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०३, २०८१
एमाले बाजुराको बन्दसत्र, प्रतिनिधि अलपत्र

बाजुरा : नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको बन्दसत्र अलमलमा परेको छ । ज्येष्ठ १ गते पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले उद्घाटन गरेको जिल्ला अधिवेशनको बन्द सत्रको कुनै हालसम्म सुरसार देखिएको छैन् ।

उद्घाटन पश्चात सहमति गर्ने की, निर्वाचन गर्ने भन्ने बिषयमा नेताहरु बीच आन्तरिक छलफलले निष्कर्ष दिन नसक्दा जिल्लाभरबाट आएका प्रतिनिधि अक्कमक्क भएका छन् ।

अवैधानिक तरिकाले सल्लाहकार परिषद्बबाट २५ जना प्रतिनिधि छनोट गर्न खोज्दा एक पक्षले वैधानिक तरिकाले जानुपर्छ भन्ने अडान लिएपछि जिल्ला अधिवेशनको बन्दसत्र हुन नसकेको स्रोतले बताएको छ ।

अधिवेशनको बन्दसत्र बिहीबाट सुरु हुने जिल्ला अध्यक्ष भरत थापाले गौमुल खबरसंग बताए । सल्लाहकार परिषद् प्रतिनिधिहरुको लगभग टुंगो लागेका कारण बन्दसत्र सुरु हुने बताएका छन् ।

पार्टी जिल्ला अधिवेशनको चुनाव गर्ने वा सहमति गर्ने बन्दसत्रले निर्धारण गर्ने बुझिएको छ । खुलासत्र सुरु भएदेखि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

नेकपा एमाले बाजुराको अधिवेशनका लागि नौ वटै स्थानीय तहका ६९ वटा वडाबाट आएका प्रतिनिधि जिल्लामा अलपत्र परेका छन् । ११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधि छनोट भएर आएका छन् ।

बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी प्रतिनिधिहरु सदस्य संख्या छ । त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठित सदस्य संख्या रहेको छ ।

जिल्लाकाे नेतृत्वका लागि अध्यक्ष भरत थापा र लालबहादुर ओली बीच प्रतिष्पर्धा हुने देखिएको छ । रंगमान शाहीले पनि आफ्नो आकांक्षा अघि सारेको बुझिएको छ ।

    

प्रतिक्रिया