गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२७
Dho

गौमुल गाउँपालिकाबाट ४१ जना प्रतिनिधि सर्वसम्मत छनोट

वडा नम्बर १ बाट सबै भन्दा बढी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २५, २०८१
गौमुल गाउँपालिकाबाट ४१ जना प्रतिनिधि सर्वसम्मत छनोट

बाजुरा : नेकपा (एमाले) बाजुराको आठौं जिल्ला अधिवेशनका लागि गौमुल गाउँपालिकाका ६ वटै वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् ।

सोमबार एकसाथ सम्पूर्ण वडाहरुमा सर्वसम्मत रुपमा प्रतिनिधिहरु छनोट गरिएको नेकपा (एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकामा वडा नम्बर १ बाट १० जना, वडा नम्बर २ बाट ८ जना, वडा नम्बर ३ बाट ७ जना, वडा नम्बर ४ बाट ६ जना, वडा नम्बर ५ बाट ४ जना र वडा नम्बर ६ बाट ५ जना प्रतिनिधिहरु सर्वसम्मत रुपमा छनोट गरिएका छन् ।

जिल्लामा एक साथ सोमबार ६९ वडामा एकसाथ अधिवेशन प्रतिनिधि छनोट गरिएको नेकपा (एमाले) जिल्ला कमिटी सचिव काँशी विकले बताउनुभएको छ ।

नौ वटै स्थानीय तहका ६९ वटा वडामा एकसाथ प्रतिनिधि छनोट भएका छन् । पार्टी जिल्ला कमिटीले बनाएको प्रतिनिधि मापदण्ड अनुसार सोमबार एकै दिन सबै वडाबाट प्रतिनिधि छनोट गरिएको बताईएको छ ।

११ हजार ६ सय ६७ जना पार्टी संगठित सदस्य मध्येबाट प्रतिनिधि छनोट भएका छन् । त्यसका लागि ७५ जना सदस्य बराबर खुलातर्फ १ जना, ५० जना दलित बराबर १ जना र १५ जना जनजाति बराबर १ जना प्रतिनिधि छनोट गर्ने मापदण्ड तय गरिएको थियो ।

पार्टी संगठित सदस्यको संख्याको आधारमा पालिकाबाट प्रतिनिधी जाने भएका छन् । यो अवस्था हेर्दा बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सदस्य संख्या रहेको छ ।

त्यसपछि गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, बुढीगंगा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र हिमाली गाउँपालिका संगठित सदस्य संख्या रहेको छ ।

प्रतिक्रिया