गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

गौमुलमा एमालेका वडा कमिटी भेला तथा बैठक जारी

एक परिवार एमालेमा प्रवेश
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
गौमुलमा एमालेका वडा कमिटी भेला तथा बैठक जारी

बाजुरा : गौमुल गाउँपालिकामा नेकपा एमालेका वडा कमिटी भेला तथा बैठक जारी रहेका छन् । गौमुल गाउँ कमिटीको बैठकको निर्देशन तथा पार्टीको अपानी अनुसार प्रत्येक वडा कमिटीको भेला तथा बैठक बसिरहेका छन् ।

आज गौमुल गाउँपालिका २ नम्बर वडा कमिटीको बैठक बसी विभिन्न बिषयमा छलफल गरिएको छ । बैठक तथा भेलाले अनिवार्य रुपमा पार्टी संगठित सदस्यता नवीकरणका लागि शुःल्क उठाउने निर्णय गरेको छ ।

वडा कमिटी अध्यक्ष प्रेम बहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकमा गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकाया, खेलकुद महासंघ जिल्ला अध्यक्ष लक्ष्मण रोकाया लगायत नेता कार्यकर्ताको बाक्लो सहभागीता रहेको थियो ।

भेलाका अवसरमा आँगर टोलका हुडे चदाँरा, कन्तरी चदाँरा, दील चदाँरा र सर्मिला चदाँरा सहित सिंगो परिवार नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश भएका छन् । नवप्रवेशीहरुलाई गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकायाले पार्टीमा स्वागत गर्नुभएको हो ।

स्वागत गर्दै पार्टीको विधि र सिद्धान्त अनुसार क्रियाशील हनु अनुरोध गर्नुभएको छ । त्यस्तै गौमुल गाउँपालिका ५ नम्बर वडा कमिटीको भेला तथा बैठक बसेको छ । बैठकले संगठित सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता थप्ने निर्णय गरिएको छ ।

वडा कमिटी अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी सदस्य कर्ण बहादुर बुढा, गाउँ कमिटी सचिव मोहन रोकाया लगायत सदस्य र अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

भेलामा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलक बहादुर सिंहले पार्टीको अपानी अनुसार सबै कमिटीहरुले कार्य गर्न निर्देशन दिनुभएको छ । नेता तथा कार्यकर्ताले अनुशासनमा रहेर पार्टीका दैनिक क्रियाकलाप गर्नुपर्नेमा जोड दिदैं पार्टी सदस्यता नवीकरण शीघ्र गरिसक्न आग्रह गर्नुभएको छ । यसैबीच ३ नम्बर वडा कमिटीको भेला समेत आज बसेको छ ।

भेलाले संगठित सदस्य नवीकरण गर्ने निर्णय गरिएको छ । वडा कमिटी अध्यक्ष नर्मा विकको अध्यक्षमा बसेको भेलामा जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन रोकाया, जिल्ला कमिटी सदस्य गोरख बोहरा, अनुरोस्ववियु पूर्व केन्द्रीय सदस्य राजिव रोकाया लगायत अगुवा नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

नेकपा एमाले गौमुल गाउँ कमिटीको बैठकपछि प्रत्येक वडा कमिटीका भेला तथा बैठक नियमित जारी रहेका छन् । यसअघि ४ र ६ नम्बर वडा कमिटीका भेला तथा बैठक बसेका छन् । 

प्रतिक्रिया