गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३५
Dho

चेतनदीप अयडी हत्यारालाई कारबाहीको माग गर्दै एमालेद्धारा शान्तिपूर्ण आन्दोलन सुरु

कार्यक्रम जारी रहने एमालेको चेतावनी
बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १३, २०८०
चेतनदीप अयडी हत्यारालाई कारबाहीको माग गर्दै एमालेद्धारा शान्तिपूर्ण आन्दोलन सुरु

बाजुरा: अनेरास्ववियुका नेता स्वर्गीय चेतनदीप अयडीको हत्याका आरोपीहरुलाई कारबाहीको माग गर्दै नेकपा एमाले बाजुराले पुनः शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अयडीको हत्यामा संलग्नहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि शान्तिपूर्ण आन्दोलन तथा धर्ना कार्यक्रम सुरु गरेको एमाले सचिव काँशी विकले बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदीप अयडीको हत्या आरोपीतलाई कारबाहीको माग सहित न्यायका लागि शान्तिपूर्ण आन्दोलन आजबाट सदरमुकामा मार्तडीमा सुरु गरेको पार्टी अध्यक्ष भरत थापाले बताएका छन् । निर्दोष नफस्न र दोषीलाई कारबाही गर्नका लागि आफुहरुको आन्दोलन जारी रहेको अध्यक्ष थापाको भनाई रहेको छ ।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदीप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप रहेको छ ।

निर्मम तरिकाले कुटपिट गरी हत्या गरिएका अयडीको दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानबीनको माग बारम्बार एमाले निकट संगठनहरुले गर्दै आएका छन् ।

सामुहिक आक्रमण गरी हत्या गर्ने कार्यमा संलग्नलाई सबैलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग रहेको छ । शान्तिपूर्ण आन्दोलन तथा धर्ना कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

No description available.

प्रतिक्रिया