गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४३
Dho

एमाले बाजुरा अध्यक्ष थापालाई पहिलो गाँसमै ढुंगा, पहिलो बैठकमै कोरम पुर्याउन सकेनन्

जिल्ला अधिवेशन अनिश्चित
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०१, २०८०
एमाले बाजुरा अध्यक्ष थापालाई पहिलो गाँसमै ढुंगा, पहिलो बैठकमै कोरम पुर्याउन सकेनन्

बाजुरा: नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष भरत थापालाई पहिलो गाँसमै ढुङ्गगा लागेको छ । बिहीबार बोलाएको अधिवेशन तयारी जिल्ला कमिटीको बैठक बिना निर्णय टुङ्गिएको छ । जिल्ला अधिवेशन तयारीका लागि केन्द्रीत हुने भनिएको बैठकमा कोरम नपुगेर स्थगन भएको छ ।

अध्यक्ष थापा पदपूर्ति भएको पहिलो बैठकमा नै जिल्ला कमिटी सदस्यहरु उपलब्ध नभएको बुझिएको छ । ५६ जना जिल्ला कमिटी सदस्य रहेको बाजुरा एमालेमा कोरम नै नपुगेर जिल्ला अधिवेशन र बैठक अनिश्चित बनेको छ । अधिवेशन तयारी केन्द्रीत भनेर बैठक आयोजना गरिएको थियो । 

आधा बढी जिल्ला कमिटी सदस्यहरु बैठकमा उपस्थिति नभएपछि थापाले अनौपचारिक रुपमा एकतर्फी ढंङ्गले पदाधिकारीबीचमै समन्वय नगरी बैठक स्थगन गरिएको एमालेका एक नेताले बताएका छन् ।

पार्टीको जिल्ला अधिवेशनको तयारी थाल्नुपर्ने भएपनि पदाधिकारी बीचमा समेत समन्वय नगर्नु, जिल्ला कमिटीको अर्को बैठक समेत अनिश्चित गरेर अध्यक्ष कमरेड बिना सल्लाह एकाएक बैठक स्थगन गरेर हिडेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

अध्यक्ष थापा बैठक नै सञ्चालन नगर्ने मनसायका साथ पार्टी कार्यालय पुगेर सरासर फर्किनु पार्टीको विधि र विधान विपरित भएको कतिपय जिल्ला कमिटी सदस्यहरुले आरोप लगाएका छन् । यता अध्यक्ष भरत थापाले भने कोरम नै नपुगेर बैठक स्थगन भन्ने की, समापन भन्ने दोधार स्थिति सिर्जना भएको बताएका छन् ।

जिल्ला अधिवेशन गरिनुपर्ने भएका कारण ४० जना जिल्ला कमिटी सदस्य उपस्थित भएपनि १० जना नआएका कारण स्थगन भएको बताएका छन् । जिल्ला अधिवेशन एउटा पर्व भएका कारण एसईई परीक्षा र अन्य प्राविधिक कारण भएकोले आएका साथीहरुले हाजिर लगाएर फर्किए र बैठक नबसी स्थगन भएको बताएका छन् ।

प्रदेशले आफुहरुलाई अनुमोदन नगरेको कारण समेत थापाले थपेका छन् । उता पार्टी सचिव काँशी विकले भने अध्यक्ष ज्यूले बैठक नै बसाउन मनसाय नभएर स्थगन गरेको बताएका छन् । आफुहरुसंग कुनै समन्वय र छलफल नगरी अनौपचारिक रुपमै बैठक स्थगन गरी जिल्ला अधिवेशन नै अनिश्चित भएको बताएका छन् ।  

आगामी चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनको अन्तिम तयारीका लागि बैठक बस्न लागेको थियो । बैठकका लागि बाजुरा जिल्ला ईन्चार्ज भैरव बहादुर सिंह सहित जिल्ला कमिटीका नेताहरु जिल्ला सदरमुकाम मार्तडी पुगेका थिए ।  
    
    
    
    

प्रतिक्रिया