गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१९
Dho

एमाले बाजुराको अधिवेशन केन्द्रीत बैठक बिहीबार बस्दै

बैठक बसेर सम्पूर्ण तयारी सुरु गरिने
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ३०, २०८०
एमाले बाजुराको अधिवेशन केन्द्रीत बैठक बिहीबार बस्दै

बाजुरा: नेकपा (एमाले) जिल्ला कमिटीको बाजुराको अधिवेशन तयारी बैठक बिहीबार बस्ने भएको छ । आगामी चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनको अन्तिम तयारीका लागि बैठक बस्न लागेको पार्टी सचिव काँशी विकले बताउनुभएको छ । 

बैठकका लागि बाजुरा जिल्ला ईन्चार्ज भैरव बहादुर सिंह सहित नेताहरु जिल्ला सदरमुकाम मार्तडी पुगिसकेका छन् । बैठकका लागि अन्य जिल्ला स्तरका नेताहरु यतिबेला जिल्ला केन्द्रीत बनेका छन् ।

बैठक बसेर सम्पूर्ण तयारी सुरु गरिने र तोकिएकै समयमा अधिवेशन हुने पार्टी उपसचिव हरि बहादुर रोकायाले बताएका छन् । संगठीत सदस्यताको वडागत सूची तयारी पार्ने, लोगो र नारा तय गर्ने, प्रचार देखि अन्य व्यवस्थापनका लागि उपसमिति गठन गरी कामका लागि आन्तरिक गृहकार्य सुरु गरिने उनले बताएका छन् ।

यसअघि चैत्र १६ र १७ गते आठौं जिल्ला अधिवेशनको मिति घोषणा गरिएसंगै तयारीको लागि अधिवेशन केन्द्रीत बैठक बस्न लागेको एक नेताले बताएका छन् । अधिवेशन तयारीका लागि विभिन्न समिति उपसमिति बनाएर तीव्र तयारी गरिने बताईएको छ । आगामी चैत्रमा हुने अधिवेशनका लागि बाजुरा एमालेमा दुई जनाको दाबेदारी बलियो देखिएको छ ।

पदपूर्तिबाट अध्यक्ष बनेका भरत थापा र लालबहादुर ओली प्रमुख आकांक्षी देखिएका छन् । एमाले केन्द्रीय प्रतिनिधी परिषद् सदस्य रंगमान शाहीले पनि रुचि देखाएका छन् । तर अन्तिममा चुनाव नै हुने अवस्था आए भरत थापा र लालबहादुर ओली बीच नै हुने देखिएको छ ।

थापा अध्यक्षको जिम्मेवारी पाइसकेपछि फेरि एक कार्यकाल त्यही पदका लागि निरन्तरता हुनुपर्ने अडानमा हुनेछन् । भने ओली दशक पहिला देखिको अध्यक्षको उम्मेदवारीलाई यो पटक निर्णायक बनाउने मनस्थितिमा देखिएका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा अध्यक्षमै हुने देखिएको छ ।

पार्टी जिल्ला अध्यक्षका लागि बाजुरामा हालसम्म चुनाव भएको छैन् । यो पटक सहमतिको सम्भावना निकै कम देखिएकोले चुनाव हुने तयारीका लागि दुबै जना नेता लागि परेका छन् । दुई टिम बनाएर नै चुनावी प्रतिस्पर्धा हुने अनुमान कतिपयले गरेका छन् । 

प्रतिक्रिया