गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४१
Dho

बडीमालिकाका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोको परिकार

नगरले लिएको नीति कार्यान्वयन
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
बडीमालिकाका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोको परिकार

बाजुरा : बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीलाई अर्गानिक दिवा खाजा खुवाउँने गरेको छ । नगरभित्रका विभिन्न विद्यालयमा दिवा खाजाको रुपमा अर्गानिक कोदोको परिकार खुवाइने गरेको हो ।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन नेपाल सरकारले दिवा खाजा अनिवार्य गरेको छ । प्रारम्भिक बालविकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरुले दिनको एक पटक दिउँसो खाज सुविधा पाईरहेको छन् । 

पछिल्लो समय दिवा खाजा बालबालिकाका लागि आकर्षणको माध्यम पनि बन्ने गरेको देखिन्छ । दिवा खाजाको प्रभवकारीता बडीमालिका नगरपालिकामा पनि धेरै रहेको पाईएको छ । रैथाने बालीलाई प्रवद्र्न गर्न र नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउँने यसअघि लिएको नीति कार्यान्वयन भएको छ ।

अहिले विद्यालयमा प्रत्येक हप्ताको एक दिन अर्गानिक कोदोको परिकार खुवाउने गरेको बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताएका छन् । रैथाले बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्य सहीत नगरले लिएको नीति कार्यान्वयन भएकोमा खुशी समेत व्यक्त गरेका छन् ।

बडीमालिका नगरपालिका–७ चुथीमा रहेको कालिका आधारभूत विद्यालयमा दिवा खाजाले विद्यार्थी संख्या वृद्धि भएको बाईएको छ । नियमित दिवा खाजासहित हप्ताको एक दिन कोदोको परिकार खुवाउन थालेपछि बालबालिकाको अनपस्थित दर घटेको विद्यालयले जनाएको छ ।         

कालिका आधारभूत विद्यालयमा मात्रै होइन् दिवा खाजा खुवाईने सबै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । बडीमालिका नगरपालिकाले सबै सामुदायिक विद्यालयमा बालबालिकालाई माघ २० गतेदेखि नै कोदोको परिकार खुवाउँन सुरु गरेको कृषि प्राविधिक सहायक रमेश विकले बताएका छन् । 

रैथाने बालीको प्रवद्र्धन, प्रचारप्रसार र उपयोगिता बारेमा जानकारी गाराउँने उदेश्य सहीत सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी हुँदै गएको उनले बताए । बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका २८ सय ५८ बालबालिका दिवा खाजा खाईरहेका छन् । 

प्रतिक्रिया