बाजुरा ःगौमुल गाउँपालिका-४ निलासैनमा नेकपा (एमाले) ले पार्टी जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। गाउँपालिका-४ र ५ नम्बर वडा कमिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाका विषयमा व्यापक छलफल गरिएको छ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए। पदम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य धनलक्ष्मी जैशी, अमर विक, सल्लाहकार समिति सदस्य ज्ञानबहादुर रोकाया, कर्ण बुढा, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायत अगुवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनको प्रभावकारिता, जनतासँगको सम्बन्ध र आगामी दिनमा सञ्चालन गर्नुपर्ने राजनीतिक तथा सांगठनिक गतिविधिबारे गम्भीर समीक्षा गरिएको थियो।
साथै, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भूमिका, जनताप्रतिको जिम्मेवारी र स्थानीय तहमा पार्टीको उपस्थिति थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमले पार्टीभित्रको एकता, आपसी समन्वय र संगठनात्मक सक्रियतालाई थप मजबुत बनाउनुपर्ने सन्देश दिएको छ। एमाले कमजोर नभएको, बरु जनताको विश्वास, नेता-कार्यकर्ताको एकता र संगठनप्रतिको प्रतिबद्धताका आधारमा पार्टीलाई अझ सशक्त बनाउने आत्मविश्वास कार्यक्रम मार्फत व्यक्त गरिएको छ।





प्रतिक्रिया