बाजुरा ः जटिल प्रसूति समस्या देखिएपछि बाजुराकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई उद्धार गरिएको छ।
बाजुराको त्रिवेणी नगरपालिका-७ निवासी २४ वर्षीया जलु कुमारी भण्डारीको जिल्ला अस्पताल बाजुरामा सुत्केरी भएपछि स्वास्थ्यमा जटिल समस्या देखिएको हो।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि महिला मन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकप्टर मार्फत उनको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमलाई जानकारी दिएका छन्।
उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन्।





प्रतिक्रिया