गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho

एमाले बाजुराको अधिवेशन तयारी सुस्त, छैन् कुनै सुरसार

दुई टिम बनाएर नै चुनावी प्रतिस्पर्धा हुने अनुमान
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन १४, २०८०
एमाले बाजुराको अधिवेशन तयारी सुस्त, छैन् कुनै सुरसार

बाजुरा : नेकपा एमाले बाजुराको अधिवेशन तयारी सुस्त देखिएको छ । चैत्र १६ र १७ गते आठौं जिल्ला अधिवेशनको मिति घोषणा गरिएपनि तयारीको काम भने सुस्त देखिएको छ । अधिवेशन तयारीका लागि कुनै समिति उपसमिति बनाइएको छैन् । भने पदाधिकारीको बैठक समेत बसेको छैन् । नेकपा एमालेका तत्कालिन अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि रिक्त पदपूर्ति भने लामो रस्साकस्सी पछि गएको माघ २९ गतेको जिल्ला कमिटीको बैठकले गरेको छ ।

बैठकले अध्यक्षमा भरत थापा, उपाध्यक्ष जनक बोहरा, सचिव काशी विक र उपसचिव पुरानै जिम्मेवारी प्राप्त हरिबहादुर रोकायालाई पदपूर्ति सहित जिम्मेवारी तोकेको थियो । जिम्मेवारी प्राप्तपछि पत्रकार सम्मेलन गरेर तयारीमा जुट्ने र समयमै अधिवेशन सकाउने प्रतिवद्धता जनाएको नेतृत्वले जिम्मेवारी पाएको दुईसाता बितिसक्दा पनि कुनै सुरसार अघि बढाएका छैनन् ।

पदाधिकारीबीच आपसी छलफल र तयारी बारे परामर्श समेत भएको छैन् । पदपूर्ति गरिएकोले पार्टी विधान अनुसार जिल्ला कमिटीको निर्णय एक तह माथिबाट अनुमोदन गर्नुपर्ने विधानको व्यवस्था रहेको र सोही अनुसार प्रदेश कमिटीबाट अनुमोदन भएर नआएकोले तयारीका कामकारवाहीलाई गति दिन ढिलाई भएको अध्यक्ष भरत थापाले बताएका छन् ।

यहीँ प्रकारको तयारीले तोकिएकै मितिमा अधिवेशन हुनेमा आशंका गरिएको छ । एसईई र अन्य प्राविधिक विषयले केही असर गर्न सक्छ भन्ने अनुमान गरिएको छ । त्यस बाहेक कुनै हालतमा पनि अधिवेशन नसर्ने र स्थगित पनि नहुने अध्यक्ष थापाको दाबी छ । पदाधिकारी बीचको बैठक बसेर तयारी सुरु गरिने र तोकिएकै समयमा अधिवेशन हुने पार्टी सचिव काशी विकले बताएका छन् ।

संगठीत सदस्यताको वडागत सूची तयारी पार्ने, लोगो र नारा तय गर्ने, प्रचार देखि अन्य व्यवस्थापनका लागि उपसमिति गठन गरी कामका लागि आन्तरिक गृहकार्य भइरहेपनि ठोस निर्णय गरिएको छैन् । चैत्रमा हुने अधिवेशनका लागि बाजुरा एमालेमा दुई जनाको दाबेदारी बलियो देखिएको छ ।

पदपूर्तिबाट अध्यक्ष बनेका भरत थापा र लालबहादुर ओली प्रमुख आकांक्षी देखिएका छन् । एमाले केन्द्रीय प्रतिनिधी परिषद् सदस्य रंगमान शाहीले पनि रुचि देखाएका छन् । तर अन्तिममा चुनाव नै हुने अवस्था आए भरत थापा र लालबहादुर ओली बीच नै हुने देखिएको छ ।

थापा अध्यक्षको जिम्मेवारी पाइसकेपछि अब एक कार्यकाल त्यही पदका लागि निरन्तरता हुनु पर्ने अडानमा हुनेछन् । भने ओली दशक पहिला देखिको अध्यक्षको उम्मेदवारीलाई यो पटक निर्णायक बनाउने मनस्थितिमा छन् । सबैभन्दा कडा प्रतिस्पर्धा अध्यक्षमै हुने देखिएको छ ।

पार्टी जिल्ला अध्यक्षका लागि बाजुरामा हालसम्म चुनाव भएको छैन् । यो पटक सहमतिको सम्भावना निकै कम देखिएकोले चुनाव हुने तयारीका लागि दुबै जना नेता लागि परेका छन् । दुई टिम बनाएर नै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया