गाैमुल खबर डटकम मङ्गलबार ११, कार्तिक २०८३ ०२:४१

अधिकृत भण्डारीको निधनमा बडीमालिकाले दियो शोक बिदा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ११, २०८३
अधिकृत भण्डारीको निधनमा बडीमालिकाले दियो शोक बिदा

बाजुरा ः बाजुराको बडीमालिका नगरपालिकाले पशु विकास सेवा शाखामा कार्यरत अधिकृत सातौँ तहका कर्मचारी गोपाल चन्द्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको कार्यालयमा मंगलबार बसेको आठौँ नगरकार्यपालिका बैठकले भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै कार्तिक ११ गते एक दिन नगरपालिका तथा मातहतका कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण प्रशासनिक कामकाज बन्द गरी शोक बिदा दिने निर्णय गरिएको नगर प्रवक्ता धर्मराज पाध्याले बताएका छन् ।

नगरपालिकाका अनुसार भण्डारीको २०८३ साल कार्तिक ९ गते असामयिक निधन भएको थियो। उनको निधनले नगरपालिका परिवार स्तब्ध बनेको जनाउँदै बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

भण्डारीले आफ्नो सेवाकालमा पशु विकास तथा पशु स्वास्थ्य सेवाको प्रवर्द्धन, सेवाग्राहीमुखी सेवा प्रवाह र नगरपालिकाको संस्थागत विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै बैठकले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेको छ।

कर्तव्यनिष्ठ, इमानदार र सरल व्यक्तित्वका धनी भण्डारीको असामयिक निधनले नगरपालिकालाई अपूरणीय क्षति पुगेको बैठकको निष्कर्ष छ।

साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। नगरपालिकाले अत्यावश्यक सेवाबाहेकका प्रशासनिक कामकाज बन्द गरी शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

May be an image of text

प्रतिक्रिया